Play

आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं शृंखलाबाट करिब सवा तीनलाख बचत

गुरुकुल खबर


पोखरा, पोखराको सहारा क्लबले संचालन गर्दै आएको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गतको २५ औं शृंखलाबाट ३ लाख २१ हजार ८३९ रुपैयाँ बचत भएको जनाएको छ। शुक्रबार पोखरामा प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गर्दै क्लबले गत फागुनमा भएको प्रतियोगिताबाट १ करोड ३३ लाख २३ हजार ४८५ रुपैयाँ ३७ पैसा आम्दानी भएको जनाएको हो। उक्त आम्दानीबाट १ करोड ३० लाख १ हजार ६४६ रुपैयाँ खर्च कटाउँदा ३ लाख २१ हजार ८३९ रुपैयाँ ३७ पैसा बचत भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताबाट बचत भएको रकम पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित कठिन परिस्थितिका तथा विपन्न वर्गका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य र फुटबल प्रशिक्षणमा खर्च गरिने थापाले बताए । सहारा क्लबले फुटबल प्रतियोगितासँगै सामाजिक सेवाको कामलाई समेत निरन्तरता दिँदै आएको उनको भनाइ छ ।

प्रतियोगिता सम्पन्न गर्न पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति कास्की, अखिल नेपाल फुटबल संघ (एन्फा), प्रदेश तथा स्थानीय सरकार, सहयोगी संस्था, सहारा क्लबका शाखा, सहभागी टोली तथा खेलाडी, दर्शक, सुरक्षा निकाय, सञ्चारकर्मी तथा शुभेच्छुकले पुर्याएको सहयोग प्रति क्लबले आभार प्रकट गरेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ । प्रतियोगिताको सुरुवाती समयदेखि नै हिमश्री फुड्सले साथ दिएको छ । प्रालिका निर्देशक प्रकाश केसीले प्रतियोगिताको निरन्तरताका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए । फुटबलको विकास र प्रतियोगिताको निरन्तरताका लागि निजी क्षेत्रसँगै सरकार, खेलकुदसँग सम्बन्धित निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला एक ठाउँमा उभिनुपर्ने उनको भनाई थियो ।

२६ भाद्र २०८३, शुक्रबार १८:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा