Play

तारादेवी र अरुणा लामाको सम्झनामा हार्मोनी र एभरेष्ट एफएमद्वारा पोखरामा बिशेष सांगीतिक कार्यक्रम

गुरुकुल खबर


पोखरा,  हार्मोनी पोखराको आयोजना  र एभरेस्ट एफएम ९३ मेगाहर्जको  सह आयोजनामा पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ शनिबार  सम्पन्न भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम  सम्पन्न गरेका हुन्  ।

साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रबचनबाट कार्यक्रमको शुरुवात गरेका थिए  । त्यसपछि पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारहरुले उनीहरुकै गीत गाएर ट्रिब्यूट दिएका हुन् ।

करीब दुई घण्टासम्म चलेको कार्यक्रममा हार्मोनीका अध्यक्ष ईतु जोजिजुले अरुणा लामाको ‘तिम्रो माया पथ्थरको झुक्याउने रुप जस्तो, तारादेवीको ‘तिम्रो नाम अझै छ ओठमा’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य र तारादेवीको फुलैफुलको मौषम तिमीलाई’, रजनी रिदम राईले अरुणा लामाको चौतारीमा बसेर रुन पाउ, तारादेवीको मनको निश्चलतामा, मितु पालले अरुणा लामाको ‘म त चुपचाप बँसे’ र तारादेवीको ‘आमा भएर बोकि हेर’ गीत गाएर अरुणा लामाप्रति ट्रिब्यूट दिएका थिए ।

                                                                                                                      ( गायिका – कौशल्या गुरुङ)

यसै गरि शितल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी र तारादेवीको ‘एक फुल झरेर के भो’, अजुदा थापाले अरुणा लामाको ‘कल कल सल सल र तारादेवीको आउन आउ तिम्रो खुसी’ बोलको गीत स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित गरेर गाएकी थिइन् । कार्यक्रमको अन्त्यमा लक्ष्मी गिरीसहितका गायिकाहरुले गायिकाद्वयका चर्चित  गीतहरुको मिड्ले (गीतका छोटा छोटा प्याकेज प्रस्तुति) प्रस्तुत गरि बिट मारेका थिए ।

अघिल्लो वर्षदेखि शुरु भएको अरुणा लामा–तारादेवी स्मृति साँझ हरेक वर्ष आयोजना गरिने  कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड र रुपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्रपुलको संयुक्त प्रस्तुतिमा हुने कार्यक्रमको सहयोगीहरुमा अटोवेज, सेलवेज, सगरमाथा लुम्बिनी इन्सुरेन्स (सलिको), यामाहा सोरुम, सिटीजन फर्निचर, नारी कलेक्सन, कञ्चन क्यापिटल प्रालि, रारा चाउचाउ, पृथ्वी सुनचाँदी तथा सुपथ कुन्दनिका ज्वेलर्स, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडा, सुनचाँदी व्यवसायी संघ कास्की रहेका थिए ।

१४ माघ २०८०, आईतवार २१:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा