Play

राप्रपाले फागुनमा निर्णायक आन्दोलन गर्ने, कास्कीमा महिला र भूपू सैनिकको भेला सम्पन्न

गुरुकुल खबर


पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्रको एजेण्डा बोकेर फागुन महिनामा निर्णायक आन्दोलन गर्ने भन्दै त्यसको तयारीमा जुटेको छ।

यसै कुरालाइ मध्यनजर राखेर राप्रपाले विभिन्न जिल्लाहरुमा संगठन बिस्तार गर्ने र पार्टी कार्यकर्ताहरुलाइ उत्साहित बनाउने अभियान चलाएको छ पार्टीले गर्ने भनिएको निर्णायक आन्दोलन काठमाडौँ केन्द्रित हुने र सबै जिल्लाबाट पालोपालो गरेर कार्यकर्ताहरुलाइ आन्दोलनमा सहभागी गराउनका लागि आबस्यक तयारी स्वरुप विभिन्न चरणमा छलफल कार्यक्रम संचालन गर्न लागिएको राप्रपा कास्कीले जनाएको छ।

यसै क्रममा शुक्रबार पोखरामा राप्रपाको महिला संगठन र भुतपुर्ब सैनिक सङ्गठनले छुट्टाछुट्टै कार्यकर्ता भेलाको आयोजना गरेको छन्।

महिला संगठनको भेलाको उद्घाटन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय अध्यक्ष अन्जना शाह रावलले  गरेकी  थिइन्, त्यस अबसरमा बोल्दै अध्यक्ष रावलले पार्टीले गर्ने काठमाडौँ केन्द्रित आन्दोलनमा सक्रियता पुर्बक सहभागी बन्न कार्यकर्ताहरु लाइ आग्रह गरिन।

उनले देशमा रहेका नेपाली काँग्रेस, नेकपा एमाले र माओबादी लगाएतका प्रमुख पार्टीहरु र आफुलाई बैकल्पिक शक्ति वा नया पार्टी भन्नेहरुले पनि सत्ता र शक्तिमा रहंदा जनताको लागि राम्रा काम गर्न नसकेको कारण नेपाली जनताले फेरी राप्रपालाइ हेर्न चाहेको बताइन।

केन्द्रीय अध्यक्ष रावलले आम नेपालीको चाहना हिन्दु राष्ट्र र राजसंस्था नै रहेको कारण राप्रपाले जनताको एजेण्डा बोकेर निर्णायक आन्दोलन गर्न लागेको स्पष्ट पारिन।

उनले आन्दोलनको लागि अनि आगामी चुनाबमा राप्रपा लाइ ठुलो शक्ति बनाउनको लागि पनि संगठन बिस्तारमा सक्रिय रहन महिला दिदिबैनीलाइ आग्रह गरेको संगठनकी केन्द्रीय महासचिब रन्जना शेन पौडेलले गुरुकुल खबर लाइ जानकारी दिईन।

कार्यक्रममा महिला संगठनकी महासचिब रन्जना सहित केन्द्रीय सदस्य सिता खड्का, राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङ, पार्टीका उपाध्यक्ष  इश्वरी चापागाईले समेत आआफ्नो भनाइ राखेको थिए।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीका अध्यक्ष बिष्णु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला संगठनकी कास्की जिल्ला उपाध्यक्ष चन्द्रा गुरुङ, जिल्ला सदस्य दुर्गा गिरि लगायतका नेता र कार्यकर्ताले राप्रपाको अबको आन्दोलन निर्णयक हुनुपर्ने र त्यसको लागी केन्द्रले आबश्यक रणनीति र तयारी सुरु गर्नुपर्ने कुरामा जोड दिएका थिए।

यसै गरि शुक्रबार नै राप्रपा कास्कीको कार्यालयमा राष्ट्रिय प्रजातान्त्रिक भुतपुर्ब सैनिक संगठनमा आबद्ध पूर्व सैनिकहरुको भेला पनि सम्पन्न भएको छ भेलामा संगठनका केन्द्रीय अध्यक्ष महासेनानी प्रकाश जंग कार्कीले पार्टीले गर्ने निर्णायक आन्दोलनमा साथ र सहयोग गर्न सबै पूर्व सैनिकहरु सहित आम जनतालाई आग्रह गरेका थिए ।

५ माघ २०८०, शुक्रबार १८:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा