Play

गणेशमानसिंह फाउन्डेसन गण्डकीको अध्यक्षमा तिमिल्सेना, मुद्धामा बहस गर्न पार्टीमा गुट नै बनाउनुपर्छ भन्ने छैन-नेता सिंह

गुरुकुल खबर


पोखरा । गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशको अध्य्क्षमा नेपाली काँग्रेसका पुराना नेता दुर्गा प्रसाद तिमिल्सेना चयन भएको छन् । २०४६सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंहको नामबाट स्थापना गरिएको फाउन्डेसनले देशका विभिन्न जिल्लामा विभिन्न कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।

गणेशमान सिंहको निधन पछी उहाँको योगदानलाइ चीरस्थायी बनाउन,  प्रजातान्त्रिक मूल्य, मान्यता र इमान्दारिता अनि आबश्यकता अनुसारको संघर्ष गर्नुपर्छ भन्ने संदेश दिन फाउन्डेसनले काम गर्दै आएको छ । फाउण्डेसनमार्फत गणेशमानको जीवनी र संघर्षका बारेमा प्रकाशन गर्ने, अध्ययन अनुसन्धान गर्ने जस्ता काम हुदै आएको छन् ।

गणेशमान सिंहका छोरा, नेपाली काँग्रेसका पूर्व उपसभापति तथा नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री प्रकासमान सिंहको उपस्थितिमा पोखरामा सनिबार सम्पन्न गणेशमान सिंह फाउन्डेसनको एक भेलामा दुर्गा तिमिल्सेनालाइ अध्यक्ष्  चयन गरिएको जानकारी गराइएको थियो ।तिमिल्सेना नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य समेत हुन् । नेपाली काँग्रेसमा लामो समय देखि सक्रिय रहेर विभिन्न केन्द्रीय बिभागहरुमा समेत काम गरेका तिमिल्सेना पार्टीको क्षेत्रिय सभापति, पोखरा उपत्यका नगर बिकाश समितिको पूर्व  अध्यक्ष् पनि  हुन् ।

फाउन्डेसनको गण्डकी प्रदेश समितिमा स्यांग्जाका बुद्धीबहादुर राना कुमार, पर्बतका मोहन गुरुङ, बाग्लुंगका नबराज श्रेष्ठ, कास्कीका किरण केसी र कास्कीकै निलम कर्माचार्यलाइ चयन गरिएको छ ।  प्रदेश समितिमा अरु सदस्यहरु को मनोनयन गर्न बाँकि रहेको अध्यक्ष् तिमिल्सेना ले गुरुकुल खबरलाइ जानकारी दिए ।

प्रदेश सदस्यमा मनोनोत स्यांग्जाका राना नेपाली काँग्रेस स्यांग्जाका पूर्व कार्यबाहक सभापति  पनि हुन । उनि प्रदेश संसदको निर्बाचनमा छ मतले नेकपा एमालेका उमेद्वारबाट पराजित बनेको थिए  । पर्बतका मोहन गुरुङ पार्टी को महाधिबेसन प्रतिनिधि हुन् भने केसी पोखराका युवा उधमी हुन् यसै गरि निलम कर्माचार्य नेपाली काँग्रेस पोखरा महानगरको सदस्य हुन् उनि नेपाली काँग्रेस कास्कीका नेता निर्मल कर्माचार्यकी छोरी हुन्

गणेशमान सिंहको नामसंग नेपालको राजनीति आकर्षित हुन्छ तर यो सामाजिक संस्था हो – नेता प्रकाशमान सिंह 

यसै बीच नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंह फाउण्डेसनलाई राजनीतिक रङ नदिइएको बताएका छन् । फाउण्डेसन नितान्त सामाजिक संस्था भएको भन्दै राजनीतिक पार्टीको रुपमा लिन नहुने स्पष्ट पारे । गणेशमान सिंह फाउण्डेसनको गण्डकी प्रदेश समितिको घोषणा एबम पदस्थापन कार्यक्रममा बोल्दै उनले भने- ‘गणेशमान सिंहको नाम संग नेपालको राजनीति आकर्षित हुन्छ,  फाउण्डेसन उहाँकै नाममा खोलिएको कारण राजनीतिक रुपमा खोलिएको संस्थाको रुपमा कतिपय ले लिने गरेको छन्,  तर राजनीतिक हिसावले संस्था अगाडी  बढाइएको छैन ।

गणेशमानको राजनीतिक जीवनमा ६ दशकमध्ये १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा बितेको उनले स्पष्ट पारे । ‘आफूले राम्रोसँग नबुझेसम्म कुनै पनि कदम नउठाउने गणेशमानको स्वभाव थियो । जनमत संग्रह गर्ने भन्दै गर्दा पनि उहाँले केही शर्त राख्नुपर्छ भन्नुहुन्थ्यो’, नेता सिंहले भने ।
नेपाली कांग्रेसमा मौलाएको गुटवन्दीप्रति लक्षित गर्दै नेता सिंहले भने, ‘पार्टीभित्र मुद्धाहरुका बहस हुन्छ तर बहस हुँदैमा ग्रुप जन्माउनुपर्छ, एकले अर्कोलाई सक्काउनै पर्छ, मेरो सोँच अघि बढाउन पार्टीभित्रको अर्को विचारलाई दवाउनुपर्छ, सिध्याउनै पर्छ भन्ने सोँच पनि गलत हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गणेशमानले लामो समय निष्ठाको राजनीति गरेको बताए । आफ्नो राजनीतिक जीवनको प्रेरणाको स्रोतमा पहिलो गणेशमान र दोस्रोमा किसुनजी भएको बताए । गणेशमान राजनेता भएको भन्दै मुख्यमन्त्री पाण्डेले भने, ‘हामी सबै नेता मात्रै हो, उहाँ राजनेता हो । नेताले एउटा मात्रै चुनाव हेर्छ तर राजनेताले एउटा पुस्तादेखि अर्को पुस्तासम्म हेर्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले गणेशमानले राजनीतिका पुर्याएको योगदानको चर्चा गर्न सम्भव नहुने बताए । अहिले कांग्रेस कमजोर भयो भन्ने सबैको चिन्ता र चासो व्यक्त भइरहेको भन्दै अहिले कांग्रेस कमजोर भएको स्वीकार गरे । कांग्रेस अरुका कारणले होइन आफ्नै कारणले कमजोर भएको स्पष्ट पारे ।

कांग्रेसको २०४८–०५१ सम्मको इतिहास हेर्ने हो भने नेपालमा बहुराष्ट्रिय कम्पनी, उद्योग धन्दा स्थापनादेखि धेरै काम भएको उनले बताए ।उनले प्रश्न गरे, ‘आज कांग्रेसजस्तो पार्टी कम्युनिष्टसँग गठवन्धन गर्ने अवस्था सृजना भएको छ । यो भन्दा कमजोर अब के हुन्छ ?’

अर्का केन्द्रीय सदस्य गुरु बरालले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान गणेशमानकै परिकल्पना बमोजिम निर्माण भएको बताए । २०७४ को हालत तोड्नका लागि भए पनि २०७९ मा कम्युनिष्टसँग गठवन्धन गर्नुपरेको स्पष्ट पारे । यहि गठवन्धनका कारणले नै २०७४ मा अत्यन्तै कमजोर भएको पार्टी अहिले देशकै ठूलो पार्टी बनेको स्पष्ट पारे ।

उनले भने, ‘कांग्रेसका कारणले नै पटक पटक संविधान र देशमाथि आएको संकट टर्यो तर तल्लो तहको जनभरोषा कमजोर भएको छ ।’ उनले थपे, ‘जनभरोषा योग्य पार्टी बनाउन सबै जिम्मेवार भएर शक्तिशाली कांग्रेस, एक्लै लड्ने कांग्रेस, परिस्कृत कांग्रेस, तल्लो तहलाई भरोषा दिने कांग्रेस निर्माण गर्न लाग्यौँ भने तबमात्र गणेमानजीको पदचाप, दर्शन र सच्चा अनुयायी हामी हुन्छौँ ।’

कांग्रेस नेता शोभियत बहादुर अधिकारीले गणेशमानकै सक्रियतामा २०४६ सालको आन्दोलन सफल भएको बताए । ‘देशमा संकट पर्दा तितरवितर भएका कम्युनिष्टलाई लौहपुरुषले आफ्नो चाक्सीबारीमा ज्यानको बाजी लगाएर भेला गरेर देशमा परिवर्तनको शंखघोष गर्ने हिम्मत गरेकै कारणले आजको यो अवस्था आएको हो’, उनले भने ।

उनले भने, ‘गणेशमानजी पदको लोभी नभएको भन्दै पदभन्दा पनि धेरै माथि हुनुहुन्थ्यो । राजाबाट प्रधानमन्त्रीको अफर आउँदा पनि किसुनीलाई दिनुस् भन्ने व्यक्ति हो, त्यसैले उहाँलाई सर्वोच्च कमाण्डर भनिएको हो ।’

त्यस्तो नेताको पार्टी कांग्रेसमा आज सत्ता र पदका लागि आफ्नो सिद्धान्त र आदर्श बिर्सिएर आफ्नै साथीका खुट्टा तान्ने र गला घोट्नेको कमि नभएको भन्दै नेता अधिकारीले दुःखेसो पोखे । यसले नेपाली कांग्रेसलाई मात्र होइन सिंगो देशलाई नै अधोगतितर्फ धकेलेको बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू  अब्दुल सतार, सरस्वती अर्याल र चम्पा खड्का नेताहरु मेखलाल श्रेष्ठ, सरस्वती गुरुङ, किशोरदत्त बराल, भरत तिवारी, ओम कला गौतम, आनन्दराज मुल्मी, अर्जुन जोशी, लालीमाया रेग्मी, कुमार राना, आशिक गुरुङ, तुलसी नारायण श्रेष्ठ लगायतले बोलेका थिए

२९ पुष २०८०, आईतवार ०९:५१ मा प्रकाशित
Nabintech