Play

मुस्लिम संघको प्रदेश भेला सम्पन्न, पार्टी र राज्यका विभिन्न तहमा मुस्लिम समुदायको प्रतिनिधित्वमा जोड

गुरुकुल खबर


पोखरा, नेपाल मुस्लिम संघको गण्डकी प्रदेश भेला शनिवार पोखरामा सम्पन्न भएको छ । नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको मुस्लिम संघको प्रदेश स्तरीय दोस्रो भेलाको अवसरमा मुस्लिम समुदायको राज्यका विभिन्न निकाय वा तह र नेपाली कांग्रेस पार्टीको विभिन्न तहमा समेत समुचित प्रतिनिधित्व हुनुपर्ने कुरामा जोड दिईएको थियो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व अर्थ एवं सञ्चार मन्त्री समेत रहेका प्रतिनिधी सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य कार्कीले अब कुरा गर्ने नभई काम गरेर देखाउनुपर्ने समय आएको बताए । नेपाल समृद्ध बनाउने सपना साकार बनाउन सबै इमान्दार भएर लाग्नुपर्नेमा उनले जोड़ दिए।

‘अब कुरा भन्दा पनि जनताको हितमा काम गरेर देखाउने बेला आएको छ’ उनले भने ‘हामी दलिय स्वार्थ त्यागेर इमान्दार भएर लागे नेपाललाई १० वर्षभित्र एसियाको समृद्ध मुलुक बनाउन सक्छौं ।’ उनले जलस्रोत, कृषि, पर्यटनलगायतका क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ती क्षेत्रमा लगानी बढाउन सके नेपाल आर्थिक रुपमा सम्पन्न राष्ट्र बन्न समय नलाग्ने बताए ।

नेता कार्कीले नेपालमा मुस्लिम समुदायले नेपाली कांग्रेस प्रति इमान र विश्वास देखाएकोमा प्रशंसा गर्दै राज्यका हरेक तह र तप्काबाट पाउने अवसर र अधिकारबाट मुस्लिम समुदाय ठगिदै आएको स्विकार गरे । उनले आगामी दिनमा त्यसलाई सच्याएर अघि बढ्नुपर्ने कुरामा जोड़ दिए । संविधानले दिएकाे अधिकार सबै समुदाय र आम नागरिकले महसुस हुने गरि उपभोग गर्न पाउनुपर्नेमा उनको जोड़ थियो ।

आगामी राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार छनौटका प्रसङ्ग निकाल्दै कार्कीले नेपाली काँग्रेसले भुगोल , समुदाय, योगदान र क्षमता हेरेर सबैको कदर हुने गरी उम्मेदवार बनाउने आश्वासन समेत दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका अर्का केन्द्रिय सदस्य अब्दुल सत्तारले राष्ट्रको मुल धारमा अझैपनि मुस्लिम समुदायको प्रतिनिधित्वको अवस्था कमजोर रहेको र संविधानले तोकेको अधिकार दिन समेत राज्यले कन्जुस्याँई गरिरहेको दुखेसो गरे ।

‘नेपालका मस्लिम समुदायले कहिलेसम्म अधिकारका लागि तड्पिनुपर्ने हो ?’ संघका संस्थापक अध्यक्ष समेत रहेका सत्तारले प्रश्न गरे ‘संविधानले अधिकार त तोकेको छ, तर समुदायले महसुस कहिले गर्न पाउने ?’ मुस्लिम लगायत पछाडी परेका र पारिएका समुदायको अधिकार स्थापित गराउन काँग्रेसको योगदान स्मरण गर्दै सत्तारले संविधानको सफल कार्यान्वयनका लागि पनि काँग्रेसले नै नेतृत्व लिनुपर्ने तर्क गरे ।

उनले सबिधानमा दिईएको अधिकार राज्य र पार्टीले नदिएको भन्दै दुखेसो समेत पोखे ।

त्यस्तै गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री समेत रहेकी काँग्रेस केन्द्रिय सदस्य सरस्वती अर्याल तिवारीले राजनीतिक परिवर्तनका लागि हुने प्रत्येक आन्दोलनमा मुस्लिम समुदायको भूमिका उल्लेखनीय रहेको बताउँदै मुस्लिम समुदायका महिलाहरु पनि राजनीतिक क्षेत्रमा अगाडि आउन जरुरी रहेको बताइन् ।

उनले मुस्लिम समुदायलाई थप सशक्त बनाउन र पार्टी र सरकारसंग लबिडं गरेर वा दवाव दिएर भएपनि आफ्नो अधिकार उपभोग गर्न उनले आग्रह गरिन ।

कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अताबुल मन्सुरीले आगामी राष्ट्रिय सभा निर्वाचनमा मुस्लिम समुदायबाट कम्तिमा एक जना सदस्य ग्यारेन्टी गर्न नेपाली काँग्रेस गम्भीर बन्नुपर्ने बताए ।

‘पार्टीको संगठन मजबुत बनाउन हामीले देशैभर काम गरेका छौ, १४ लाख मुस्लिम समुदायमध्ये ६० प्रतिशतभन्दा बढी मत नेपाली कांग्रेसको पक्षमा हाल्ने वातावरण बनाएका छौं, अध्यक्ष मन्सुरीले प्रश्न गरे ,तर हाम्रो योगदानको मुल्यांकन किन राज्य र पार्टीबाट हुन सकेको छैन ? विभिन्न अवसरबाट मुस्लिम समुदाय कहिलेसम्म बञ्चित हुनुपर्ने ?

संघका प्रदेश अध्यक्ष शाह मोहम्मद मियाँको अध्यक्षतामा भएको  कार्यक्रममा नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति मनोज गुरुडं, मुस्लिम संघका उपाध्यक्ष नुर मोहम्मद मियाँ, जब्बारदिन मियाँ, सकिना मियाँ, सचिव रहमतुल्ला मियाँ, सराफत अली, रहिम मियाँ लगायतले समेत मुस्लिम समुदाय राज्यबाट पाउने अवसरबाट बञ्चित भइरहेकोमा चिन्ता प्रकट गरेका थिए। उनिहरुले काँग्रेसले मुस्लिम लगायतका समुदायको अधिकार सुनिश्चित गर्न पहलकदमी लिनुपर्नेमा उनिहरुको जोड थियो ।

भेलाको अवसरका मुस्लिम संघले गण्डकी प्रदेशभरबाट गत वर्षको एसईई परिक्षामा उत्कृत्ट अंकसहित उत्तिर्ण हुने १ सय ५० भन्दा बढी मुस्लिम विधार्थी तथा संघका तेश्रो महाधिवेशनमा गण्डकी प्रदेशबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

संघको गण्डकी प्रदेश समितिद्धारा आयोजित भेलामा कास्की, स्याङ्जा, म्याग्दी, गोरखा, तनहुँ, लमजुङ, बागलुङ लगायतका मुस्लिम बसोबास रहेका जिल्लाहरुबाट गरी करिब ६ सयको सहभागिता रहेको थियो ।

१५ पुष २०८०, आईतवार १६:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा