Play

एन प्याव्सनको बृहत वाल प्रतिभा पहिचान महोत्सवको समापन

गुरुकुल खबर


पोखरा, ८ पुस , नेशनल प्याव्सन कास्कीले आयोजना गरेको प्रथम बृहत वाल प्रतिभा पहिचान महोत्सव २०८० आइतबार समापन भएको छ ।

११ वटा विधामा प्रतियोगिता राखिएकोमा आफ्ना क्षमता अनुसारका विधामा सहभागिता जनाई विद्यार्थीले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

महोत्सवमा सामूहिक लोक नृत्य तर्फ अञ्जुली आवसिय विद्यालय प्रथम, अक्सफोर्ड स्कुल द्धितीय, कास्की मोर्डनाइज्ड एकेडेमी तृतीय र राजिङ स्टार सान्त्वना भएका छन् ।

महोत्सवमा चित्रकला तर्फ लिटिल फ्लावर एजुकेशनल एकेडेमीकी रोजी गुरुङ प्रथम, रत्नज्योती माविका रोजन थापा द्धितीय, गोर्खा इङ्लिस वोडिङ स्कुलका अमित घले तृतीय र फेवा वोडिङ स्कुलका प्रवेश परियार सान्त्वना भएका छन् ।

कम्प्युटर टाइपिङ प्रतियोगिता तर्फ कास्की मोर्डनाइज्ड एकेडेमीका दिक्पल गुरुङ प्रथम, साइनिङ स्टार वोर्डिङ स्कुल अग्रीम पाण्डे र लाविन रेसिडेन्सियल स्कुलका सक्षम थापा द्धितीय, त्रिवेणी पब्लिक माविका प्रमोद रानाभाट र नेशनल क्रियशन एकेडेमीका योजन पौडेल तृतीय तथा रिलायन्स पब्लिक इङ्लिस स्कुलका पुजन कंडेल, रत्नज्योती माविका स्वरुप तिवारी, पुष्पसदन एकेडेमीका प्रज्वल केसी र गोर्खा इङ्लिस वोर्डिङ स्कुलका डेनियल तामाङ सान्त्वना भएका छन् ।

एकल अभियन प्रतियोगिता तर्फ कास्की मोर्डनाइज्ड एकेडेमीकी खुश्वु थापा प्रथम, सिद्धार्थ लवडेल वोर्डिङ स्कुलकी छिरिङ थिले द्धितीय, डायमण्ड मोडल स्कुलकी सेविया सापकोटा तृतीय र मर्निङग्लोरी एकेडेमीक स्कुलकी मेनुका पौडेल सान्त्वना भएका छन् ।

चोयाबाट वनेका सामग्री हस्तकला प्रतियोगिता तर्फ मर्निङग्लोरी एकेडेमिक स्कुलका सुदिप राइ र सरोज तामाङ तथा युनिभर्स वोर्डिङ स्कुलका रितिका गुरुङ र प्रतिक श्रेष्ठ प्रथम, गोर्खा इङ्लिस वोर्डिङ स्कुलका पूर्ण राना र सिमा पाटा द्धितीय, वागमारा एकेडेमिक गार्डेनका हिमाल गुरुङ र सुगम आचार्य तृतीय तथा ओएसिस एकेडेमीका कृष परियार र आभाष रानाभाट सान्त्वना भएका थिए ।

पराल वा छ्वाली वाट वनेका सामाग्री हस्तकला प्रतियोगितामा मर्निङग्लोरी एकेडेमीक स्कुलका सरगम गिरी र मनिका आचार्य प्रथम, गोर्खा इङ्लिस वोर्डिङ स्कुलका रोशनी राना र रशिका गुरुङ द्धितीय, लाविन रेसिडेन्सियल स्कुलका सिम्रन कुमाल र श्रेया केसी तृतीय र फेवा वोर्डिङ स्कुलका ममता अधिकारी र प्रतिष्ठा विक सान्त्वना भएका छन् ।

पातबाट वनेका हस्तकला प्रतियोगिता तर्फ मर्निङग्लोरी एकेडेमीक स्कुलका मनिका नेपाली र स्मृति दाहाल, ज्ञानज्योती विद्ययाकुञ्ज माविका अनिषा थापा र नविना विक प्रथम, गोर्खा इङ्लिस वोर्डिङ स्कुलका नाज्मा थापा र रचना मगर द्धितीय न्यू ग्यालेक्सी माविका सोफिया क्षेत्री र सुमिना साहानी तृतीय र फेवा वोर्डिङ स्कुलका सम्पदा ढकाल र सपना पाण्डे सान्त्वना भएका छन् ।

अपसाइक्लिङ÷ रिसाइक्लिङ प्रतियोगिता रत्नज्योति माविका श्रेया गिरी र कंगना गुरुङ प्रथम, अल्फा एकेडेमीका दिया रानाभाट र निशान केसी द्धितीय, कास्की मोर्डनाइज्ड एकेडेमीका प्रनिशा गुरुङ र नितु खत्री तृतीय तथा गोर्खा इङ्लिस वोर्डिङ स्कुलका दिया राना र विजय सुनार सान्त्वना भएका छन् ।

आविस्कार प्रतियोगिता तर्फ रत्नज्योति माविका रिविका गुरुङ र एन्जिला अधिकारी प्रथम, अक्सफोर्ड स्कुलका गौरव आचार्य र हिमाल आचार्य तथा कास्की मोर्डनाइज्ड एकेडेमीका सलिन महत र कृष्ण गुरुङ द्धितीय, अञ्जुली आवासिय माविका प्रमिश अधिकारी र मेनुष्का पुन तृतीय तथा होली माउण्ट अंग्रेजी माविका अभय विक र शुशान्त अधिकारी सान्त्वना भएका छन् ।

कविता वाचन प्रतियोगिता तर्फ साइनिङ स्टार वोर्डिङ स्कुलकी विना घिमिरे प्रथम, ज्ञानज्योती विद्याकुञ्ज माविका वुष्मा अधिकारी द्धितीय, अक्सफोर्ड स्कुलकी लिना गुरुङ तृतीय र कास्की मोर्डनाइज्ड एकेडेमीका कसिस गुरुङ सान्त्वना भएका छन् ।

एकल गायन प्रतियोगिता तर्फ वड्स एकेडेमीका दिपलक्क्ष्य सुनार प्रथम, ज्ञानज्योती विद्याकुञ्ज माविका डेभिड सुनार द्धितीय, अक्सफोर्ड स्कुलका प्रिन्स लम्साल क्षेत्री र साइनिङ स्टार वोर्डिङ स्कुलका अंशु पाण्डे तृतीय र नेशनल क्रियशन एकेडेमीका सौगात तामाङ सान्त्वना भएका छन् ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले कला र संस्कृतिको जगेर्ना गर्ने काम एन प्याव्सन कास्कीले गरेको बताए ।

राष्ट्रिय परिक्षा वोर्ड गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटाले महोत्सव विद्यार्थीकालागि कोषेढु सावित भएको बताए ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले बोलेका थिए ।

महोत्सवमा विभिन्न विधामा १ हजार ६ जना विद्यार्थी प्रतियोगितामा सहभागिता जनाएको एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिनुभयो ।

एन प्याव्सनले एक वर्ष खेलकुद महोत्सव र एक वर्ष शैक्षिक मेला गर्दै आएकोमा यस पटक शैक्षिक मेलालाई परिमार्जित गरेर वाल प्रतिभा पहिचान महोत्सव आयोजना गरेको हो ।

प्रदर्शनीमा नेसनल प्याब्सान कास्की अन्तर्गतका ४७ वटै विद्यालयहरुको सहभागीता रहेको तथा करीब एक लाख भन्दा बढीले प्रदर्शनी अवलोकन गरेको थिए ।

९ पुष २०८०, सोमबार १९:३२ मा प्रकाशित
Nabintech