Play

पोखरा एन्ड्युरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता

गुरुकुल खबर


पोखरा, पोखरा एन्डयुरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता भएको छ । पोखरा एन्ड्युरो र पोखरा महानगरपालिका वडा नं. १३ बीच यस्तो सम्झौता भएको हो ।

हालसालै सम्पन्न भएको एन्डयुरो अन्तर्राष्ट्रिय साइकल रेसको सफलता पश्चात अब हरेक वर्ष पोखरा १३ मा नै उक्त प्रतियोगिा आयोजना गर्ने गरी सम्झौता भएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । खेल मार्फत पोखरा १३ को पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिने समेत उनले उल्लेख गरे । वडाबासीलाई थोरै भए पनि आम्दानीको बाटोमा अग्रसर गराउन उक्त प्रतियोगिता मार्फत सहयोग पुग्ने विश्वास उनको छ ।

पोखरा १३ सँग मिलेर प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरको एन्डयुरो साइकल रेस प्रतियोगिता गर्ने सम्झौता गर्न पाउँदा खुशी लागेको एन्ड्युरो अन्तर्राष्ट्रिय साइकल रेस प्रतियोगिता गर्दै आएका जानकारहरु बताउँछन् । खेल प्रतिको विश्वासले अगाडि बढ्न सहज हुने भनाई उनीहरुको छ ।

५ पुष २०८०, बिहीबार १३:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा