Play

मारवाडी समुदायले अनुकरणीय काम गर्दै आएको छ: परराष्ट्रमन्त्री एनपी साउद

गुरुकुल खबर


काठमाडौं, परराष्ट्रमन्त्री एनपी साउदले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएको बताएका छन्। मारवाडी सेवा समितिले गौशालामा आयोजना गरेको ‘निशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम’ मा उनले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएका बताएका हुन्।

समितिले पशुपति गौशाला धर्मशालामा आयोजना गरेको कार्यक्रममा मन्त्री साउदले भने, ‘मारवाडी समुदायले देशको अर्थतन्त्रमा मात्रै नभएर समाज सेवामा पनि अत्यन्तै अनुकरणीय काम गर्दै आएको छ।’ मारवाडी समुदायले देशभर संगठित भएर गर्दै आएको समाज सेवाको चर्चा गर्दै उनले समाज सेवा मुखले गर्छु भने जस्तो सहज भने नभएको बताए।

‘तपाईंहरुले देशव्यापी रुपमा संगठन बनाउनुभएको छ। त्यसले राम्रो सहयोग गरेको छ। केही न केही त्यसको सामाजिक पक्ष हुन्छ हुन्छ,’ मन्त्री साउदले भने, ‘अरुले गर्न नसक्ने काम तपाईहरुले गर्दै आउनुभएको छ। समाज सेवा मुखले गर्न सजिलो छ। तर, त्यसका लागि समय निकाल्नु, व्यवस्थापन गर्नु गाह्रो छ।’

मारवाडी सेवा समितिले २०५६ सालदेखि पशुपति गौशाला धर्मशालाद्वारा निशुल्क रुपमा कृत्रिम खुट्टा वितरण गर्दै आएको छ। शनिबार कार्यक्रममा आयोजना गरेर समितिले ७ जनालाई निशुल्क रुपमा खुट्टा वितरण गरेको छ।

पशुपति गौशाला धर्मशालाका महासचिव महावीर घिराइयाले अहिलेसम्म झण्डै ६ हजार जनालाई निशुल्क कृत्रिम खुट्टा वितरण गराइसकिएको जानकारी दिए। उनका अनुसार दिपकप्रसाद सुवेदी, शान्तकुमारी कार्की, विष्णुबहादुर भुजेल तुलसीप्रसाद श्रेष्ठ, लोकेन्द्रप्रसाद सापकोटा, शंकरबहादुर सोनार र पूर्णचन्द्र तोलांगीलाई निशुल्क कृत्रिम खुट्टा वितरण गरिएको थियो।

२६ आश्विन २०८०, शुक्रबार १५:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा