Play

पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन जारी

गुरुकुल खबर


पोखरा, पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन शुरु भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रको डोममा विहीबारदेखि शुरु भएको प्रतियोगिता शुक्रबार सकिदै छ । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद थापाले राज्यले कला र संगीतको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याए । संगीत जीवनको लागि अति उपयोगी कुरा हो,उनले भने,‘तर राज्यले लगानी नगर्दा यो क्षेत्र पछाडि प¥यो ।’ कला र संगीतमा शक्ति हुने भन्दै यसलाई विद्यालय स्तरबाटै विकास गर्न सके अन्र्तराष्ट्रिय क्षेत्रमासमेत आफ्नो उपस्थिति देखाउन सकिने उनको भनाई थियो । उनले राज्य र शिक्षा क्षेत्र सम्बद्ध संघसंस्थाहरुले गर्नुपर्ने कार्यक्रम पोखरेली कलाकार संघले गरेर संगीतप्रति विद्यालय, विद्यार्थी, अभिभावक र राज्यको ध्यानाकृष्ट गर्न सफल भएकोसमेत बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपती सूर्य खड्का बिखर्चीले संगीत विश्वको भाषा भएकाले यसको महत्व र प्रभाव सबैभन्दा बढी हुने बताए । त्यसैले कला र संगीतको उन्नयन र विकासमा राज्यले ध्यान दिनुपर्ने उनको भनाई थियो । राज्यले कान खोलेर सूनोस्,उनले भने,‘संगीत शिक्षाका लागि अपरिहार्य छ । त्यसैले राज्यले लगानी बढाओस् ।’

पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङले बताए । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–उनले भने ।

संघका उपाध्यक्ष टोपबहादुर खत्रीले पोखरा व्याण्डहरुको राजधानी भएकाले त्यहि पुरानो विरासत फर्काउन प्रतियोगिता गरिएको बताए । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने विश्वास व्यक्त गरे ।सचिव भाष्करध्वज श्रेष्ठले कार्यक्रमले एकातिर विद्यालयमा भएका प्रतिभालाई उजागार गर्ने र अर्कोतिर सांगितिक माहोल सृजना गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । मानसिक स्वास्थ्य सुधार्नपनि कार्यक्रमले सघाउने उनको भनाई छ ।

प्रतियोगितामा १८ कलेजका २२ टिमले प्रतिष्पर्धा गर्दैछन् । कक्षा ८ देखि स्नातकोत्तरसम्मका विद्यार्थीले सहभागिता जनाउने पाउने प्रतियोगितामा भद्रकाली मावि, कालिका मावि, कुमुदिनी होम्स, ईन्फोमेटिक्स कलेज, कान्तिपुर कलेज, ग्लोवल कलेजियट, सगरमाथा मावि, लाभेन्ज बोर्डिङ स्कुलले प्रतिष्पर्धाका गर्ने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । त्यस्तै, प्रगती बोर्डिङ स्कुल, प्रतिभा मावि,पोखरा एकेडेमी, न्यू ग्यालेक्सी, मदरल्याण्ड, न्यू डायमण्ड मावि, लिङ्कन कलेज र पश्चिमाञ्चल माविपनि सहभागि रहेको उनले बताए । सहभागि मध्ये प्रतिभा, प्रगति र न्यू डायमण्डले दुई÷दुई वटा टिम सहभागि गराएको छ ।

अहिले भईरहेको सेमीफाईनल राउण्डबाट उत्कृष्ट १० व्याण्ड फाईनलमा पुग्ने संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । फाईनल राउण्डमा प्रवेश गरेकाहरुले भोलि गरेको प्रस्तुतीका आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिने उनले जानकारी दिए । ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा आज देउराली व्याण्डले विशेष प्रस्तुती राख्दैछ । शान्तराज बज्राचार्यको देउराली व्याण्डको विशेष प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)का अनुसार भोलि डि–मर्चा व्याण्ड र लेकाली व्याण्डले विशेष प्रस्तुती राख्नेछन् । दर्शकलाई थप मनोरञ्जन होस् भन्ने उद्देश्यले पोखराबाट उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय रुपमा चर्चा कमाएका व्याण्डहरुको प्रस्तुती राखिएको अध्यक्ष गुरुङले बताए ।

प्रतियोगितामा सहभागि हुने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिरहेको छ । कार्यक्रम हुने अवधीभर कार्यक्रम स्थलमा स्टल राखेर दर्शकले काटेको टिकटको आधारमा सिम वितरण भइरहेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।

१२ आश्विन २०८०, शुक्रबार १५:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा