Play

मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार बिनु र तारालाई प्रदान गरिने

गुरुकुल खबर


पोखरा, मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार’बाट पत्रकारद्वय बिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ लाई सम्मान गरिने भएको छ ।

गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाममहासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिवमाधव बरालले जानकारी दिए ।

संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट समितिले उक्त पुरस्कार २०७९ का लागि बिनु र २०८० का लागि ताराको नाम सिफारिस गरेको हो ।

उक्त पुरस्कारको राशी नगद २० हजार १ सय ११ रुपैयाँ रहेको छ । असोज १२ गते एक कार्यक्रम आयोजना गरी पुरस्कार अर्पण गरिने सचिव बरालले जानकारी दिए ।

सम्मानित हुन लागेका पत्रकार बिनु हाल पोखरा टेलिभिजनमा कार्यरत छिन् । २०६८ सालमा गण्डकी टिभीमा मगर भाषाको समाचार बाचिकाबाट पत्रकारिता सुरु गरेकी बिनुले कान्तिपुर दैनिक, फेवा टेलिभिजन र गोर्खाली रेडियोमा पनि काम गरिसकेकी छिन् । हाल उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्की शाखाकी उपाध्यक्ष र नेपाल मगर पत्रकार संघ कास्कीकी अध्यक्ष छिन् ।

यस्तै पत्रकार तारा पौडेलले २०६८ सालमा यूनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेकी हुन् । उनी हाल सिटीपोखरा डटकमको सञ्चालक÷सम्पादक भएर काम गरिरहेकी छिन् । यसभन्दा अघि उनले रेडियो नेपाल, रेडियो सफलता, रेडियो जननी, विगएफएम, रेडियो आकाशवाणी, ईसांग्रिला डटकम, टप नेपालन्यूज डटकममा काम गरिसकेकी छिन् । उनले नेपाल वातावरण पत्रकार समूहद्धारा सञ्चालित टेलिभिजनमार्फत प्रसारित भएको कार्यक्रम नयाँ पुस्तामा पनि काम गरेकी थिइन् ।

नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश परिषद सदस्य, खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सदस्य, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक सचिव, सञ्चारिक समुह गण्डकीमा सदस्य भएर काम गरेकी तारा प्रेसचौतारी नेपाल कास्कीकी उपाध्यक्ष हुन् ।

यो पुरस्कारबाट यसभन्दा अघि दुर्गा भण्डारी, दीपक परियार, शान्ति गुरुङ, सरिता तिम्सिना पगेनी, खेम सारु मगर, स्मिता अधिकारी, रोशनी गुरुङ र रविना आले सम्मानित भइसकेका छन् ।

९ आश्विन २०८०, मंगलवार १६:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा