Play

धम्पुसदेखि झिझिर्का हुँदै हेम्जासम्म हाइकिङ सम्पन्न

गुरुकुल खबर


पोखरा, हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हाइकिङ भाग ३८ धम्पुसदेखि ह्याम्जाकोट होमस्टे, धिताल, अस्ताम हुर्दै हेम्जा मिलनचोकसम्म गरिएको छ ।

महिनाभर काममा व्यस्त रहने सबै प्रकारका जागिरे, र्दैनिक घरायसी काममा व्यस्त रहने गृहणी महिला दिदीबहिनी तथा विद्यार्थी, प्रोफेसर, डाक्टरहरु सबै क्लबले आयोजना गरेको हाइकिङमा सहभागी हुने गरेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए ।

हाइकिङमा पैदल हिड्दै, ग्रामिण परिवेशको आनन्द लिदैं पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्न महिला दिदीबहिनीहरुको उपस्थिति वढ्दै गएको क्लबकी उपाध्यक्ष तथा नगेन न्युज डटकमकी प्रवन्ध निर्देशक ज्योति हमालले बताइन् ।

विगत ४ वर्षदेखि निरन्तर संचालनमा रहेको हाइकिङ कार्यक्रम कास्की जिल्लामा मात्र नभएर छिमेकि जिल्लाहरु तनहु र स्याङ्जाका ग्रामिण भेगहरुमा पनि गरि सकेको जानकारी क्लबका सदस्य तथा आईटी विभाग प्रमुख पितम सेनले बताए ।

हाइकिङ भाग ३८ मा सहभागिहरु ४० जना रहेका थिए । पोखराको न्यूरोडबाट वसमा धम्पुस गएको हाइकिङ समुह धम्पुसबाट ह्याङ्जाकोट सामुदायिक होमस्टे, धिताल, अस्तामका होमस्टेहरुको अवलोकन गर्दै अन्नपुर्ण इको भिलेजमा विहानको खाना खाएको र नेपाली हिन्दु महिलाहरुको हरितालिका तिजको अवसर पनि भएकोले सोही भिलेजमा नाचगानमा एकैछिन रमाईलो गरी पैदल हेम्जा मिलनचोक आईएको टे«किङ गाईड तथा क्लबका सदस्य सुन्दर त्रिपाठीले बताए ।

सो अवसरमा पहिलो पटक सहभागि पोखरा ८ का डा. विष्णु ज्वारचन, फार्म हर्ट रिसिडेन्सीका अध्यक्ष कृष्ण बहादुर क्षेत्री, श्रद्धा सदनकी संचालक शोभा कुँवर, एसओएस भोकेसनल ट्रेनिङ छोरेपाटनका मोहन केसी, फुलबारी निवासी कृष्णमान श्रेष्ठ, लेकसाईड निवासी विद्यार्थी आय्ुष्मा क्षेत्री, व्यवसायी जिवन श्रेष्ठ, मगर संघका जिवन थापा मगर, पोखरा १७ का कमल रानाभाट र श्रीमती, पोखरा १३ का सुवेदार भिमबहादुर रानाभाट र लेखनाथ रानाभाट, पोखरा ९ दरबारथोकका शर्मिला रानाभाट र आरती रानाभाट हाइकिङको अनुभव सुनाएका थिए ।

क्लबलाई कास्की जिल्ला प्रशासनमा विधिवत दर्ता गरी सहभागीहरुको विमा, परिचयपत्र, सदस्यता प्रमाणपत्र, ज्याकेट, टोपि लगाएतको व्यवस्थापन गर्दै जाने योजना रहेको पनि सो अवसरमा जानकारी गराईएको थियो

३ आश्विन २०८०, बुधबार १२:०५ मा प्रकाशित
Nabintech