Play

घार्मीका दिदी बहिनी पार्टी प्यालेश छाडेर चौरमै दर

गुरुकुल खबर


पोखरा , तीजको दर खान भनेपछि, शहरका होटल र पार्टी प्यालेस एक महिना अगावैबाट वुकिङ्ग हुन्छन् । त्यतिमात्र नभई विभिन्न होटल तथा पाटी प्यालेस त तिज विशेष भन्दै महङ्गो सुचीमा मेनु नै सार्वजनिक गरेर विज्ञापन नै हालिरहेका हुन्छन् ।

आजकाल दिनहुँ दर खान होटल जानेहरुको लर्को शहरमा निकै नै देखिन्छ । रातो खालको सारी ढल्काएर मात्रै पुग्दैन त्यसमा छपक्क सुन भएन भने दर नै खल्लो हुने शहर वजारमा राती अवेरसम्म तिज गीत मात्र वज्दैन, डान्सीङ्ग गीतमा कम्मर मर्काएका दृश्य सामाजिक संजालमा वग्रेल्ती देख्न पाईन्छ ।

यसले कतै हाम्रो साँस्कृतिक पर्वलाई महँङ्गो र हुदा खादाका लागी अभिसाप त वनाएको छैन । शहरका होटल र पार्टी प्यालेस भरिभराउ भैरहेको अवस्थामा पर्यटकीय क्षेत्र घार्मीका आमाहरुले भने खुल्ला चौरमा परम्परागत परिकार खाएर तिज मनाएका छन्। आमा समुहमा आवद्ध दिदी वहिनीहरु स्थानिय ओमकारेश्वर मन्दिर परिसरमा जम्मा भई दर मात्र खाएनन्, उनीहरु मादल, मुजुरा वजाएर छमछम्ती नाँच्न समेत भ्याए । भगवान शिवको मन्दिर अगाडी उनलाई साचि राखी आमाहरुले परम्परागत तिज गीत गाउँदै, गाँउमै पाईने दुध, दही, जम्मा गरेर त्यहीको उत्पादनलाई पकाएर दर खाएको समुहकी लिला पौडेलले बताईन् ।

आ आफ्नो घरमा उत्पादन भएका चिजविज जम्मा गरी साबै दिदी वहिनीलाई वोलाएर दर खुवाईएको उनले स्पष्ट पारिन् । कार्यक्रममै सहभागी भएकी राम्चेकी ७५ वर्षिया जेष्ठ नागरिक सरस्वती पौडेलले आफ्नो पालाको जस्तै रमाईलो गरी दर खान पाएकोमा खुसी व्यक्त गरिन् । पौडेल मात्र नभई सहभागी अन्य जेष्ठ नागरिकले पनि आफ्ना छोरी वुहारीले परम्परागत शैलीमा सन्देश मुलक कार्यक्रम गरेको बताएका छन् । उनीहरुले आफ्नो विगतको सम्झना गीतबाटै व्यक्त समेत गरेका थिए ।

पोखरा शहरवाट नजिकै भएर पनि त्यहाँका आमा, दिदी वहिनीले तीजको ऐतिहासिक र साँस्कृतिक पाटोलाई बढवा दिएकोमा शिक्षक झनकराज दाहालले खुशी व्यक्त गरे । तिज भड्कीलो वन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले हरेक व्यक्ति र संघ संस्थाले यसको ऐतिहासिक पाटोलाई विर्सन नहुने सुझाव दिए । यस वर्षमात्र नभई विगतका वर्षमा पनि यसरी नै कार्यक्रम गरिएको आगामी वर्ष पनि यसलाई निरन्तरता दिने समुहकी गीता पौडेल पराजुलीले जानकारी दिईन् ।

समुहले दर खाने नाममा तीजको साँस्कृतिक पाटो नै मेटिने गरी भड्किलो नवनाउन र सवै तह र तप्काले मनाउन सक्ने गरी तीज मनाउन आग्रह समेत गरेको छ ।

२९ भाद्र २०८०, शुक्रबार १३:२९ मा प्रकाशित
Nabintech