Play

समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने अन्तर्राष्ट्रिय कार्यशाला

गुरुकुल खबर


पोखरा, नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरेको सो कार्यक्रम नेपाल समाजशास्त्र संघका अध्यक्ष एवं गण्डकी विश्वविद्यालयका उपकुलपती गणेशमान गुरुङको सभापतित्वमा सम्पन्न भएको हो ।

नेपालमा सुशासन र सामाजिक रुपान्तरण सम्बन्धी उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका बरिष्ठ समाजशास्त्री तथा भारत, चिन, बेलायत, जापान, नर्वे र अमेरिका लगायतका मुलुकबाट ५६ कार्यपत्र प्रस्तुत भएका थिए । जसमध्ये अधिकांस प्रतक्ष फिजिकल्ली र केही हाइब्रिड अर्थात् अनलाइनबाट कार्यपत्र प्रस्तुत भएका थिए । ्

डेढ सय समाजशास्त्रीहरु प्रतक्ष भेला भएको सो कार्यक्रम यही भाद्र १५, १६ र १७ गते अर्थात सेप्टेम्बर १ देखी ३ सम्म क्षेत्रीय कृषी अनुसन्धान केन्द्र लुम्लेमा सम्पन्न भएको हो । नेपालका चर्चित समाजशास्त्री तथा बिभिन्न पदीय हैसियतमा रहेका समाजविद सहित भारतीय समाजशास्त्री एवं प्राध्यापकहरु तथा जापानको प्राध्यापक पनि प्रतक्ष उपस्थित थिए

नर्वे , युके, अमेरिका र नेपालका बिभिन्न स्थानबाट समेत समाजशास्त्री अध्यताहरुले आआफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली समाजको अध्यन अनुसन्धान र बिश्लेषणका साथै समाजशास्त्रको अभिवृृद्धी गर्ने हेतुले सञ्चालित सो कार्यशालामा समाज बिज्ञानका स्वदेशी तथा बिदेशी विद्वानहरुबाट नेपालको २०४६ देखीको राजनैतीक परिर्वतन, आम्दोलन, जनयुद्ध तथा जनआम्दोलन र अन्य सामाजिक आन्दोलनको विकास प्रक्रियाबारे छलफल, विश्लेषण गर्न मञ्च प्रदान गरिएको थियो ।

पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र तथा ग्रामीण विकास बिभागसँगको सहकार्य र गण्डकी विश्वविद्यालयको सक्रियतामा भएको थियो । सो कार्यक्रममा राज्य पुनःसंरचना र त्यसले पारेका प्रभावहरुबारेमा समेत कार्यशालामा छलफल भएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम आयोजक संस्था नेपाल समाजशास्त्र संघका अध्यक्ष एवं कार्यक्रमका सभापति प्राडा गणेशमान गुरुङले समाजशास्त्रीहरुले आफ्ना सीप, शोच र विद्वत्वलाई समाज विकास र समाजशास्त्रको उन्नतीमा लगाउनुपर्ने बताए ।

 

१८ भाद्र २०८०, सोमबार १५:२७ मा प्रकाशित
Nabintech