Play

महिला उद्यमीका लागि डिजिटल मार्केटिङ सम्वन्धि तालिम सम्पन्न

गुरुकुल खबर


पोखरा, महिला उद्यमी महासंघ नेपाल र दराज अनलाइनको संयुक्त आयोजनामा ‘दराज अनलकिङ इ–कमर्स ग्रोथ’ विषयक डिजिटल मार्केटिङ सम्वन्धि एक दिने तालिम हालै पोखरामा सम्पन्न भएको छ ।

महिला उद्यमी संघ नेपाल कास्कीको व्यवस्थापनमा तालिम संचालन गरिएको हो । डिजिटल मार्केटिङबाट कसरी व्यापार व्यवसाय र आम्दानी बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रही तालिम संचालन गरिएको महिला उद्यमी संघ नेपाल कास्कीका उपाध्यक्ष शारदा बराल ‘सरु’ले जानकारी दिइन् । तालिममा संस्थाका ६५ जना सदस्यहरुको सहभागीता रहेको थियो ।

सो अवसरमा बरालले तालिम कार्यक्रम र संस्थाको उद्धेश्यका बारेमा प्रष्ट्याउँदै महिला सदस्यहरुका लागि संघले सीपमूलक र व्यावसायिक तालिम प्रदान गर्दै आएको स्मरण गराइन् । संघले महिलाहरुको हकहितका पक्षमा वकालत गरी पुलको काम समेत गर्दै आएको उनले प्रष्ट पारिन् ।

संस्थाका माहासचिव एलिना बराल र कार्यक्रम संयोजक बालकुमारी गुरुङले कार्यक्रममा सहजीकरण गरेका थिए । दराज अनलाइनबाट हसिना महर्जन, अनिस कृष्ण श्रेष्ठ, मिलन सिंह, नविन राणा, उज्वल श्रेष्ठ, चन्द्रबहादुर सुनार, लब्सन सुनार र अनिल कार्कीले तालिममा दराज अनलाइन र डिजिटल मार्केटिङका बारेमा जानकारी गराएका थिए ।

युनिसेफका तर्फबाट वालकृष्ण जमरकटेलले व्यवसाय र सामुदायिक उत्थानसिलताका विषयमा सहभागीहरुलाई स्पष्ट पारेका थिए । उपस्थिति सबैलाई धन्यवाद दिंदै मिनालबाट कार्यक्रम समापन गरिएको थियो ।

९ भाद्र २०८०, शनिबार १७:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा