Play

रेडियो जननीले तीज गित प्रतियोगिता गर्ने

गुरुकुल खबर


पोखरा, हरितालिका तीजको अवसरमा रेडियो जननी ९०.६ मेजाहर्जले तिज गित प्रतियोगिताको आयोजना गर्ने भएको छ । “महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता र सम्भावनाहरु” भन्ने उद्घोषका साथ रेडियोले भदौँ २३ गते प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

प्रतियोगिताको लागि भदौँ १२ देखि १५ गतेसम्म टिम दर्ता गराउन रेडियोले आग्रह गरेको छ । टिम दर्ता गर्न आउँदा प्रतिष्पर्धामा गाईने गित लिएर आउनुपर्ने रेडियोका अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन् । दर्ता भएका गित मध्ये उत्कृष्ट गितलाई छनौट गरि यहि भदौँ १७ देखि २० गते भित्र रेडियो जननीको कार्यालयमा बोलाएर प्रतिष्पर्धीलाई गित गाउन लगाइने छ, जुन रेडियो तथा विभिन्न सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण हुने रेडियोले जनाएको छ ।

प्रथम चरणवाट छानिएका उत्कृष्ट ७ समुहले भदौँ २३ गते अन्तिम चरणको कार्यक्रममा प्रतिष्पर्धा गर्नुपर्ने छ । प्रतियोगितामा प्रतिष्पर्धा गर्ने गित १० मिनेट भन्दा लामो हुनुहुदैन भने समुहमा बढीमा १० जना मात्र सहभागी हुनुपर्ने रेडियोले जनाएको छ । त्यस्तै गित महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता सम्भावनाहरु भन्ने विषयमा हुनुपर्ने छ । गित पहिला कतै प्रकाशित वा प्रशारित नभएको हुनुपर्ने र पोशाकमा एकरुपता हुनुपर्नेछ । त्यस्तै अनिवार्य रुपमा रेडियो जननीको टिकटक आईडी फलो गरी दर्ता भएको गित पोस्ट गरि रेडियोलाई ट्याग गर्नुपर्ने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमश ः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ । अन्तिम प्रतिस्पर्धाको कार्यक्रम भदौँ २३ गते गण्डकी प्रज्ञा प्रतिष्ठान, बगर १ पोखरामा हुने छ । प्रतियोगितामा सहभागी हुन चाहाने समुहले २ सय दर्ता शुल्क सहित रेडियोको कार्यालय सृजनाचोकमा सम्पर्क गर्न सक्नेछन् अथवा फोन नं. ०६१—५८९६२० र ९८४६९४२५२४ मा सम्पर्क गर्न रेडियोले अनुरोध गरेको छ ।

७ भाद्र २०८०, बिहीबार १२:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा