Play

उपकार फाउन्डेसनको साधारण सभा, ४ सय बढी बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

गुरुकुल खबर


पोखरा, महेन्द्र जनसहयोग आधारभूत विद्यालय, फेदीखोला–२, स्थानचौरको प्राङ्गणमा उपकार फाउन्डेसन, नेपालको प्रथम साधारणसभा हालै सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि फेदीखोला गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष अविलास गुरुङले कार्यक्रमको उद्घाटन गर्दै पर्वतारोही, समाजसेवी तथा शिक्षा प्रेमी नोगुची केन जस्ता महान दाताहरूको सहयोगले नेपालको ग्रामीण विकासमा टेवा पुगेको बताए ।

फेदीखोला शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले विगत ६र७ वर्षदेखि यस क्षेत्रमा नोगुची केनको अमूल्य देन रहेको बताए । समाजसेवी तथा सम्मानित व्यक्तित्व नेत्रबहादुर कार्कीले समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई विद्यालयबाट टाढा राख्न नहुने बताए । सामाजिक अभियन्ता, समाजसेवी लाल कार्की अन्जानले नोगुची केन र उपकारजस्ता समाजसेवी भएमा कोही निरक्षर हुनु नपर्ने बताउँदै उपकारको परोपकारी मनको प्रशंसा गर्दै एउटा गजल समेत सुनाए । कार्यक्रममा समाजसेवी शिव कुमार गौतम, चित्र बहादुर कार्र्की लगायतले सहयोग रकम थप र निरन्तर गर्नुपर्ने भनाइ राखेका थिए।

सो अबसरमा पर्वतारोही, शिक्षाप्रेमी, समाजसेवी, जापानी नागरिक नोगुची केन, पिक एड र केन नोगुचीज फाउन्डेसन जापानको आर्थिक सहयोग एवम् उपकार फाउन्डेसन, नेपालको आयोजनामा महेन्द्र जनसहयोग आधारभूत विद्यालय स्थानचौरको पुस्तकालयका लागि पुस्तक, अन्य छिमेकी विद्यालयहरु शिवालय आधारभूत विद्यालय, खहरे आधारभूत विद्यालय, महेन्द्र जनसहयोग आधारभूत विद्यालय, काला भैरव माध्यमिक विद्यालय र अमोर बालगृहका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो।

सोही कार्यक्रममा फेदीखोला–२, खहरे निवासी क्यान्सर रोगबाट पीडित पूजा अधिकारी कार्कीलाई नगद १० हजार समेत प्रदान गरिएको थियोे । निशुल्क जग्गा दान गरी विद्यालयको नाममा जग्गा धनी प्रमाणपूर्जा बनाइदिनु भएका समाजसेवी, फेदीखोला साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष नेत्रबहादुर कार्कीलाई सम्मान समेत गरिएको थियोे । उपकार फाउन्डेसन, नेपालका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रमको शिक्षक पार्वती कार्कीले सञ्चालन र शिक्षक गोदार उपमाले स्वागत गरेकी थिइन् भने

२६ श्रावण २०८०, शुक्रबार १७:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा