Play

नेपाली काँग्रेसका नेताहरुप्रति भरोसा गर्न सांसद शेरचनकोे आग्रह, जनताले भरोसा गर्न सक्ने काम गर्न अनुरोध

गुरुकुल खबर


बाग्लुङ, नेपाली काँग्रेस पार्टीप्रति जनताले विश्वास गर्नुपर्ने र नेताहरु प्रति भरोसा गर्न नेपाली काँग्रेस वाग्लुङका सभापति एवं गण्डकी प्रदेशका सांसद जित बहादुर शेरचनले आग्रह गरेका छन् ।

बाग्लुङको वुर्तिवाङमा आयोजित ‘विशेष आन्तिरक अभियानमा उनले त्यस्तो आग्रह गरेका हुन् । हालै सम्पन्न नेपाली काँग्रेस, केन्द्रिय कार्यसमितिको बैठकले पार्टी सुदृढिकरणका लागि साउन २० देखि ३० गते सम्म ‘विशेष आन्तिरक अभियान’ संचालन गर्ने निर्णय गरे अनुसार बाग्लुङको वुर्तिवाङमा कार्यक्रम संचालन भएको हो ।

यस अभियानलाई प्रभावकारी र सफल बनाउन जिल्ला÷जिल्लामा केन्द्रिय प्रतिनिधि खटाइएको छ । सांसद शेरचनले जनताको बिश्वासलाई आत्मसाथ गर्दै जनतालाई भरोसा गर्न सक्ने काम गर्न उपस्थित कार्यकर्तालाई आग्रह गरे ।
उनले कार्यकर्ताहरुलाई कुनैपनि चमत्कारी नयाँ पार्टी देखेर आत्तिन नहुने बताए । सुशील कोइराला जस्ता सादगी नेताबाट जारी गरिएको बर्तमान संविधानले नेपाली जनताका हक अधिकारलाई संघिय गणतन्त्रात्मक राज्य व्यवस्था मार्फत सिहदरबारको अधिकार गाउँ–गाउँ सम्म पुर्याएको सांसद शेरचनले स्मरण गरे ।

बिकास गर्न सक्ने इमान्दार नेता र पार्टीलाई हरेक निर्वाचनमा सफल बनाउनुपर्ने भन्दै उनले काँग्रेस भित्र केही सानातिना विकृति भएतापनि त्यसलाई सच्याउदै अघि बढ्नुपर्ने भनाई राखे । त्यस्तै अर्का सांसद दिलमाया पौवीले बिकासको प्रतिफल नेपाली काँग्रेसमार्फत नै पुर्याएको दाबी गरिन् । उनले नेपाली काँग्रेस नै महिला, दलित, जनजातिको भएकाले पार्टीको संगठनलाई अझै सवल र सुदृढिकरण गर्दै अघि लैजानुपर्नेमा जोड दिइन् ।

सो सम्मेलनमा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचार विभाग प्रमुख एवं सो क्षेत्रका प्रतिनिधि रमेश पौडेलले मुलुकमा जुनसुकै दलले आकाशको तारा खसाल्छु भने पनि नेपाली काँग्रेस जस्तो एतिहासिक पार्टीको विकल्प नभएको बताए । उनले नेपाली काँग्रेसका कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी संगठनमा लाग्नुपर्ने बताए ।

नेपाली काँग्रेस वडा नं १ का पार्टी सभापति पान बहादुर छन्त्यालको अध्यक्षतामा भएको सो सम्मेलनमा महाधिवेशन प्रतिनिधि दिपेन्द्र बहादुर श्रेष्ठ, क्षेत्रिय सदस्य ढालेन्द्र छन्त्याल लगायत स्थानिय नेता तथा कार्यकर्ताले नेपाली काँग्रेसको संगठनलाई बलियो बनाएर लैजानुपर्ने भनाई राखेका थिए ।

२४ श्रावण २०८०, बुधबार १५:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा