Play

हथौडा र धारिलो चक्कुले प्रहार गरी महिलालाई घाइते बनाएको आरोपमा युवक पक्राउ

गुरुकुल खबर


पोखरा, महिलालाई कुटपिट गरी घाईते बनाई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेठ ५ गते राति १० बजेको समयमा पोखरा महानगरपालिका वडा नं.१८ गुफाडाँडा स्थित झाडीमा एक जना महिलालाई गम्भिर घाईते बनाएको आरोपमा धादिङ बेनीघाट घर भएका दिपेन गुरुङ नाम बताउने व्यक्ति पक्राउ परेका हुन् ।

उनले फलामको हथौडा तथा धारिलो हतियार चक्कु समेत प्रयोग गरी महिलाको टाउकोको विभिन्न भाग, दायाँ आँखामा प्रहार गरी मरणासन्न अवस्थामा पु¥याई झाडीमा फाली महिलाको साथबाट चार हजार रुपैयाँ र मोबाईल फोन १ थान समेत लुटी भागेको प्रहरीको भनाई छ ।

महिलालाई घाइते अवस्थामा फेला पारी तत्काल उद्धार गरी उपचारार्थ अस्पताल पठाईएको थियो । घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा यही साउन ७ गते नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

रोराङ गाउँपालिका.वडा नं.१० डुंगे घर भएका वर्ष २५ का दिपेन गुरुङ भन्ने सन्त बहादुर मगरलाई उनको घरबाट नै पक्राउ गरी कुटपिट वा अंगभंग सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको हो ।

८ श्रावण २०८०, सोमबार १४:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा