Play

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक लाइभ प्रशारण

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई लाइभ प्रशारण गरिएको छ । पार्टीका सभापति शेरबहादुर देउवाको प्रस्तावअनुसार बैठकलाई समाजिक सञ्जालमार्फत लाइभ गरिएको नेपाली काँग्रेसले जनाएको छ । पार्टीको फेसबुक पेज नेपाली काँग्रेसबाट यो लाइभ गरिएको हो ।

उक्त दलको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न १० विषयमा छलफल गर्नेगरी महामन्त्री विश्वास प्रकाश शर्माले एजेण्डा प्रस्तुत गरेका थिए । सो बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको महामन्त्री शर्माले जानकारी दिए ।

विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची पनि तय गरिएको छ ।

 

 

२ श्रावण २०८०, मंगलवार १४:५३ मा प्रकाशित
Nabintech