Play

पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को मुख्य संयोजकमा दिल बहादुर गुरुङ

गुरुकुल खबर


पोखरा, नेपालको चर्चित र जेठो म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को मुख्य संयोजकमा दिल बहादुर गुरुङ मनोनयन भएका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्थाले आयोजना गर्ने पोखरा अन्तर्राष्ट्रिय म्याराथन १८ औं संस्करणको पोखरा म्याराथन आगामी २०८० फागुन ५ गते हुने छ । मञ्चको शनिबार पोखरामा सम्पन्न बैठकले ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को मुख्य संयोजकमा गुरुङलाई मनोनयन गरेको हो ।

पोखरा म्याराथनले पोखरालाई खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रियरुपमा पहिचान गराउने संगै पोखरालाई खेलकुद पर्यटनको हवको रुपमा विकास गर्न महत्वपर्ण भूमिका खेल्दै आएको बताउँदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले मञ्चका प्रथम उपाध्यक्ष गुरुङलाई बैठकले मुख्य संयोजकमा मनोनयन गरेको जानकारी दिए ।

१८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा मुख्य संयोजक मनोनयन भएका प्रथम उपाध्यक्ष गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य समेत हुन् ।

बैठकले मञ्चको पहलमा सञ्चालन गर्न लागेको एथलेटिक्स एकेडेमी बारे वृहद् छलफल गरेको र महासचिव तिमिल्सिनाको संयोजकत्वमा एकेडेमीको कार्यविधि तयार गर्न कार्यदल गठन समेत

३१ असार २०८०, आईतवार १७:१० मा प्रकाशित
Nabintech