Play

लायन्स क्लबद्वारा वृक्षरोपण कार्यक्रम, दुई सय विरुवा रोपियो

गुरुकुल खबर


पोखरा, लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम, ट्रीप्लान्टेसन डिपार्टमेन्टको आयोजनामा मेघा वृक्षारोपण तथा गोडमेल कार्यक्रम पोखरा १८ जामुन वोट, ग्यारजतीमा सम्पन्न भएको छ ।

डिस्ट्रिक्ट ३२५ एम, ट्रीप्लान्टेसन डिपार्टमेन्ट चिफ लक्ष्मण तिमिल्सिनाको संयोजकत्वमा २७ क्लवहरुको संयुक्त समन्वयमा सम्पन्न कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल र डिस्ट्रिक्ट ३२५ एमका प्रथम उपाध्यक्ष चण्डी प्रसाद अर्यालको बिशेष उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा २ ट्रक मल, २० वोरा जुत्तो र कुखुराको मल बिरुवामा राखी गोडमेल गर्नुको साथै कृषि औजार पार्क व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर किशोर बरालले जानकारी दिए ।

लायन्स क्लवले एभोकाड़ो ६० वटा, अम्बा ४० वटा, टिमुर ४० वटा र फूलहरुका विरुवा ४० र अन्य विरुवा २० गरी २०० विरुवा रोपेको हो । यसैगरी पार्क व्यवस्थापन समितिको माग वमोजिम अन्य बिरुवा पनि उपलब्ध गराउने भएको हो ।
कार्यक्रममा डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर किशोर बराल, कोचिफ एडभाइजर दामु अधिकारी, कोचिफ एडभाइजर शिवराज आचार्य, पढाउ अभियान चिफ पुस्पा आचार्य, जीएलटी कोअर्डिनेटर डोलराज पोखरेल, राष्ट्रिय बिभुति तथा सहिद पार्क समितिका अध्यक्ष भरत बहादुर थापा, लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने, भृकुटी आमा समुह ग्यारजती को अध्यक्ष मनु भण्डारी लगायत विभागीय प्रमुख, रिजन र जोन चियर पर्सन, क्लवका पदाधिकारीहरुकोउ लेख्य संख्यामा उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्थानीय संयोजन लायन्स क्लव अफ पोखरा डेस्टिनेशनले गरेको थियो ।

 

२४ असार २०८०, आईतवार १२:४१ मा प्रकाशित
Nabintech