Play

असार १५  मा हुँदै आएको रोपाई महोत्सव यस वर्ष पोखरा-१३ कसेरीमा हुने

गुरुकुल खबर


पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा हुँदै आएको रोपाई महोत्सव यस वर्ष पोखरा १३ को कसेरीमा  हुने भएको छ । १८औँ असारे रोपाइँ  राष्ट्रिय धान दिवस असार १५  मा पोखरा १३ कसेरी, डुम्रिबोटमा हुने भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा रोपाई महोत्सवले थप टेवा पुर्‍याउने परिषद्ले जनाएको छ ।

पोखरा सबै मौसमका लागि” भन्ने भनाइलाई सार्थक बनाउँदै  मौलिक र सम्भवतः नेपालमा मात्रै मनाइने रोपाई जात्रामा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने पोखरामा भएका पर्यटकलाई उक्त कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्वपूर्ण जात्राको प्रत्यक्ष अनुभूति गराउने रहेको पोखरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

पोखरा सुरक्षित रहेको र बाह्य तथा आन्तरिक पर्यटकहरूका लागि उत्कृष्ट, सबै मौसममा जान योग्य छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको महोत्सव संयोजक कृष्ण प्रसाद भण्डारीले बताए ।

पोखरा १३ र पोखरा २८ को सिमाना कसेरीमा मा करिब १० रोपनी क्षेत्रफलमा १८ औ असारे महोत्सव हुन लागको हो । पोखरा सबै मौसमका लागि’ भन्ने नारा सहित नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव मनाउन लागिएको हो ।

खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्न पनि महोत्सव आवश्यक रहेको पोखरा १३ का वडा अध्यक्ष किरण बरालले बताए ।

रोपाई महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रमहरू हुने छन् । महोत्सवमा ५ सय विदेशी सहित करिब १० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको दाबी छ ।

महोत्सव सम्पन्न गर्न करिब ३० लाख  खर्च लाग्ने आयोजक अनुमान छ ।

५ असार २०८०, मंगलवार १०:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा