पोखरा, पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३५८औं शृङ्खला सम्पन्न भयो ।
असार महिनाको पहिलो शनिबार पोखरेली युवा साँस्कृतिक परिवारले समता काव्य सन्ध्याको आफ्नो नियमित शृङ्खलालाई नारी स्रस्टा बिशेष शृङ्खलाका रुपमा सम्पन्न गरेको छ ।
कार्यक्रमका अतिथि प्राज्ञ हरिदेवी कोइरालाले आफ्ना सृजना सुनाउन पोखरेली युवा साँस्कृतिक परिवारको मञ्च भरमगदुर प्रयोग गरेको बताइन् । माइतीघर पनि पोखरा कर्मघर पनि पोखरा भएकी कोइरालाले आँफुलाइ भाग्यमानी ठान्दछीन ।
सृजनाको महिना असारलाई मानो खाएर मुरी उब्जाउने महिनाको रुपमा पनि लिइन्छ । हरिदेवीले आसारे भाकामा गीत गाँउदा श्रोताहरुले पनि साथ दिँदा कार्यक्रम हलनै गुन्जाएमान भएको थियो ।
काव्य सन्ध्याको ३५८ औँ नारी स्रस्टा बिशेष शृङ्खलामा नारी स्रस्टा कविका रुपमाकविहरू सरस्वतीश्रेष्ठ सरू, सरस्वती प्रतीक्षा, रीता अधिकारी, डा. पुष्पा के.सी., रमा प्रासर, केशु शर्मा, लक्षी थापा, छन्दिका त्रिपाठी,हसिना बस्नेत, सविता दवाडी, लोचना अधिकारी, ईशा शाहा, शुभ शर्मा, प्रतिमा शर्मा, संगीता बराल वि.सि., सुनिता देवकोटा, मनिषा पौडेल, शर्मिला कार्की , निर्मला बराल रहेका थिए । साहित्य संयोजक शरण आँशुले स्वागत गरेका थिए ।
परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन सचिव डा. चैतन्य अधिकारीले गरेका थिए ।
३ असार २०८०, आईतवार २२:०० मा प्रकाशित