Play

कविताको अघोषित पाठशाला- समता काव्य सन्ध्याको ३५८औं शृङ्खला सम्पन्न

गुरुकुल खबर


पोखरा,  पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३५८औं शृङ्खला सम्पन्न भयो ।
असार महिनाको पहिलो शनिबार पोखरेली युवा साँस्कृतिक परिवारले समता काव्य सन्ध्याको आफ्नो नियमित शृङ्खलालाई नारी स्रस्टा बिशेष  शृङ्खलाका रुपमा सम्पन्न गरेको छ ।
कार्यक्रमका अतिथि प्राज्ञ हरिदेवी कोइरालाले आफ्ना सृजना सुनाउन पोखरेली युवा साँस्कृतिक परिवारको मञ्च भरमगदुर प्रयोग गरेको बताइन् । माइतीघर पनि पोखरा कर्मघर पनि पोखरा भएकी कोइरालाले आँफुलाइ भाग्यमानी ठान्दछीन ।
सृजनाको महिना असारलाई मानो खाएर मुरी उब्जाउने महिनाको रुपमा पनि लिइन्छ । हरिदेवीले आसारे भाकामा गीत गाँउदा श्रोताहरुले पनि साथ दिँदा कार्यक्रम हलनै गुन्जाएमान भएको थियो ।
काव्य सन्ध्याको ३५८ औँ नारी स्रस्टा बिशेष शृङ्खलामा नारी स्रस्टा कविका रुपमाकविहरू सरस्वतीश्रेष्ठ सरू, सरस्वती प्रतीक्षा, रीता अधिकारी, डा. पुष्पा के.सी., रमा प्रासर, केशु शर्मा, लक्षी थापा, छन्दिका त्रिपाठी,हसिना बस्नेत, सविता दवाडी, लोचना अधिकारी, ईशा शाहा, शुभ शर्मा, प्रतिमा शर्मा, संगीता बराल वि.सि., सुनिता देवकोटा, मनिषा पौडेल, शर्मिला कार्की , निर्मला बराल रहेका थिए । साहित्य संयोजक शरण आँशुले स्वागत गरेका थिए ।
परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा  सम्पन्न उक्त कार्यक्रमको सन्चालन सचिव डा. चैतन्य अधिकारीले गरेका थिए ।

३ असार २०८०, आईतवार २२:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा