Play

कास्की -१ मा कांग्रेसको सभापति बन्न एकै समुहका तिन युवा (केसी, थापा र गुरुङ) बीच प्रतिष्पर्धा

गुरुकुल खबर


पोखरा,  नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गत यहि असोज १० गते प्रदेशसभा र निर्बाचन क्षेत्रस्तरीय अधिबेशन हुँदैछ । अधिबेशनबाट कास्की क्षेत्र न. १ को नेतृत्व लिन तीनजना युवाहरु चुनाबी दौडमा लागेका छन । तिन युवाहरुमध्ये हाल क्षेत्रिय सचिब रहेका दुईजना युवा सरोज केसी र ओमप्रसाद गुरुङ एबम पोखरा -२६ का वडाध्यक्ष नरेन्द्र थापा रहेको छन । उनीहरुले आआफ्नो उमेदवारी बिभिन्न माध्यमबाट सार्बजनिक गरेका छन ।

सभापतिमा उमेदवारी घोषणा गरेका केसी यस अगाडी नेविसंघको केन्द्रीय सदस्य समेत रहेर काम गरेका छन । उनले बिहिबार बिहान केहि पत्रकार र केहि कांग्रेस कार्यकर्ताहरुलाई साथमा राखेर सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए । संगठनलाई व्यवस्थित, सक्रिय र बलियो बनाउँदै कार्यकर्ता र आम मतदाताबीचको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यसहित आंफुले उम्मेदवारी घोषणा गरेको उनले बताए ।

सभापतिको जिम्मेवारी पाए संगठनलाई केही व्यक्तिको पहुँचमा सीमित नराखी सबै कार्यकर्ताका लागि समान रूपमा खुला र सहज बनाउने, वडा तहदेखि क्षेत्रीय तहसम्म संगठनका गतिविधि नियमित बनाउने, युवालाई जिम्मेवारी दिने, महिलाको सहभागिता बढाउने तथा अनुभवी अग्रजको अनुभवलाई संगठन निर्माणमा जोड्ने विषयलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

उनले कास्की- १ पार्टी संगठनलाई व्यवस्थित, सक्रिय र बलियो बनाउने, नेतृत्व तहदेखि आधार तहका कार्यकर्तासँग नियमित संवाद गर्ने र संगठनका गतिविधिलाई निरन्तरता दिने वातावरण बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन । केसीले आफ्नो उम्मेदवारी कसैको विरोधमा नभई कास्की क्षेत्र नं. १ को कांग्रेसलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रस्तुत गरेको बताए ।

विचार र नेतृत्वका विषयमा फरक मत हुनु स्वाभाविक रहेको भन्दै केसीले फरक मतलाई सम्मान गर्ने वातावरण नै लोकतान्त्रिक पार्टीको पहिचान भएको बताएका छन् । महाधिवेशनको प्रतिस्पर्धालाई व्यक्तिगत सम्बन्ध र संगठनात्मक एकतासँग नजोड्ने बताउँदै उनले निर्वाचन एउटा प्रक्रिया भएकाले त्यसपछिको साझा जिम्मेवारी सबैको हुने उल्लेख गरे ।

यसैगरी कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदका लागि उमेदवारी घोषणा गरेका ओमप्रकाश गुरुङले क्षेत्रमा पार्टी संगठनलाई चुस्त दुरुस्त राख्ने एजेन्डा अघि सारेका छन। पोखरा विश्वविद्यालयमा अध्ययन गर्दा नेविसंघमा लागेर त्यसपछि कांग्रेसको राजनितीमा सक्रिय रहेका  गुरुङ नेपाली कांग्रेसको १३ औंअधिवेशनमा सवैभन्दा धेरै मत ल्याएर कांग्रेसको जिल्ला सदस्यमा निर्वाचित भएका थिए । उनि पार्टीको १४ औं महाधिबेशनमा कास्की क्षेत्र न. १ को सचिवमा बिजयी भएका थिए ।

पार्टीप्रति बफादार कार्यकर्ताको रूपमा चिनिने गुरुङ सामाजिक क्षेत्रमा पनि क्रियाशिल छन । ‘मैले लाहुरे बन्ने, विदेश जाने र सरकारी जागिर खाने कुरामा भन्दा राजनीतिक र सामाजिक काममा आँफुलाई क्रियाशील बनाएको छु’ गुरुङले भने ।  आफू कांग्रेसको जरा देखि नै आएको हुदा कांग्रेसका सच्चा कार्याकर्ताहरूले आफुलाई बिजयी बनाउने कुरामा आफू ढुक्क रहेको बताउछन् । यस घोषणासँगै उनले पार्टीका नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोग र अमूल्य मतका लागि अपिल समेत गरेका छन्।

कास्की क्षेत्र न. १ को सभापति पदमा सामाजिक संजालबाट उमेदवारी घोषणा गरेका नरेन्द्र थापा ‘नरेन’ ले निष्ठावान् कार्यकर्ताको मूल्यांकन, सशक्त युवा पुस्ताको सहभागिता र अग्रजहरूको सम्मानलाई केन्द्रमा राखेर कास्की कांग्रेसलाई थप गतिशील, एकताबद्ध र भरोसायोग्य बनाउने उद्देश्यले सभापतिमा उम्मेदवारी दिएको बताए ।

नेपाल तरुण दल कास्कीको सचिब समेत रहेका पोखरा -२६ का वडाध्यक्ष थापाले बोल्नेभन्दा काम गरेर देखाउने आंफ्नो कार्यशैली रहेको भन्दै प्रत्येक साथीहरूको आत्मसम्मान र पार्टीको गरिमा उच्च राख्ने दृढ संकल्प लिएर उमेदवारी घोषणा गरेको स्पष्ट पारेका छन ।

थापाले नेपाली कांग्रेसको संगठन, लोकतन्त्र र जनताको सेवामा आफ्नो जीवनको उर्वर समय निरन्तर समर्पित गर्दै आएको, युवालाई पार्टीमा जोड्ने काम गरेको, पार्टीको नीति निर्माणमा महाधिवेशन प्रतिनिधिका रूपमा भूमिका निर्वाह गरेको तथा स्थानीयस्तरमा जनप्रतिनिधि भएर जनताको सुख–दुःखमा काम गरेको उनले उल्लेख गरेका छन । थापाले आफ्नो अनुभवलाई क्षेत्रीय संगठन सुदृढीकरणमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

देउवा र कोइराला समूहका केहि नेता समानान्तर अधिबेशनमा लाग्दा संस्थापन समुहलाई सहज तर प्रतिष्पर्धा 

यस अगाडी पार्टीको १४ औं महाधिबेशनसम्म एकै समुहमा रहेका पार्टीका नेता कार्यकर्ताहरु यसपटक भने आँफै विभाजित बन्न पुगेका छन। बिगतमा देउवा र कोइराला वा पौडेल समुहको नाममा विभाजित रहेका नेता कार्यकर्ताहरु यस पटक केन्द्रमा गगन थापालाई नेता मान्नेहरुको बिचमा नै अस्वस्थ्य प्रतिष्पर्धा हुने देखिएको छ। बिगतमा शेरबहादुर देउवा र कोइराला एबम पौडेलसमुहमा रहेकाहरु मध्ये केहि समानान्तर अधिबेशन गर्ने अभियानमा लागेको र केहि भने गगन समुहमा जोडिएका छन।

गगन समुहमा जोडिएकाहरुको बिचमा स्थानीय गुट बनाएर चुनाबी प्रतिष्पर्धा हुन लागेपछि यसले पार्टीलाई थप कमजोर बनाउन सक्ने कतिपयको अनुमान छ । हाल कास्की जिल्लामा गगन थापा नेतृत्वको केन्द्रीय समितिमा कास्की जिल्लाबाट ५ जना केन्द्रीय सदस्य रहेको भयपनि उनीहरु समेत आंफ्नो अनुकुलको गुट निर्माणमा सक्रिय देखिन्छन । उनीहरुले बनाउने गुटको असर महाधिबेशन प्रतिनिधि देखि क्षेत्रिय समिति हुँदै पालिकाको नेतृत्व चयन गर्ने प्रक्रियामा समेत परेको कतिपयको भनाई छ।

कास्कीमा यस पटकको अधिबेशनको क्रममा कास्की -१ मा केन्द्रीय सदस्यहरु कृष्ण केसी, अर्का केन्द्रीय सदस्य तिलक रानाभाट, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल र दिपक माइला, क्षेत्र न २ मा केन्द्रिय सदस्य एबम प्रबक्ता देबराज चालिसे, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र प्रदेश सांसद बिन्दु थापा तथा कास्की ३ मा क्षेत्रिय सभापति मनोज गुरुङ र कास्की जिल्ला उपसभापति युवराज कुँवरको गुटले आंफ्नो अनुकुलका कार्यकर्ताहरुको नाम समेटेर छुट्टाछुट्टै प्यानल निर्माण गरिरहेको बताईन्छ।

अघिल्लो महाधिबेशनमा देउवा र कोइरालाको नाममा गुट सक्रिय रहेको भएपनि यस पटक देउवा र डा. शशांक कोइराला निकट रहेका नेता कार्यकर्ताहरुले छुट्टै समिति बनाएर अधिबेशनको तयारीमा लागेकोले देउवा र कोइरालाको निकट रहेका अधिकांश नेता कार्यकर्ताहरु यसपटक संस्थापन कांग्रेसबाट बाहिरिएका छन । पार्टीको संस्थापन समुहमा बाँकी रहेका नेता कार्यकर्ताहरुको प्रभाव संस्थापन समुहमा कम पर्ने भएकोले यस पटक जिल्ला, क्षेत्र सहित बिभिन्न तहमा गगन थापाकै समुहमा रहेका हरुको बिचमा प्रतिष्पर्धा हुने भएको हो ।

८ आश्विन २०८३, बिहीबार २२:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा