Play

कास्कीका गाउँपालिकामा कांग्रेसको अधिबेशन: मादीमा कृष्णचन्द्र, रुपामा बिमल, माछापुच्छ्रेमा केशब र अन्नपुर्णमा शुशील

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत देशभरका पालिकाहरुमा अधिबेशन गर्ने क्रममा कास्कीको पोखरा महानगरपालिका सहित अन्य चारवटा गाउँपालिकामा पनि कांग्रेसको अधिबेशन सम्पन्न भएको छ।

कास्कीको मादी गाउँपालिकामा सम्पन्न अधिबेशनबाट सभापतिमा कृष्णचन्द्र बराल सर्वसम्मत निर्बाचित भएका छन । खुला उपसभापतिमा रामबहादुर गुरुङ र महिला उपसभापतिमा कविता गुरुङ, सचिवमा प्रवीण गुरुङ एबम सहसचिवमा सुजन पाण्डे सर्वसम्मत भएको बताइएको छ। समितिको युवा सदस्यमा रबि बराल र बेदबहादुर गुरुङ, युवा महिला सदस्यमा दिपा गुरुङ, दलित खुला सदस्यमा गीता परियार र दलित महिलामा सपना परियार निर्बिरोध निर्बाचित भएको छन ।

यसैगरी नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकामा उमेदवारी दर्ता भएर निर्बाचन प्रक्रिया शुरु भएपछि सभापतिका प्रतिस्पर्धी कृष्णप्रसाद सुवेदीले आंफुले निर्बाचन प्रक्रिया छोडेको घोषणा गरेसंगे सुशील भट्टचनलाई सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । अन्य पदाधिकारीहरुमा  उपसभापतिमा लोकराज भण्डारी, महिला उपसभापतिमा खेमकुमारी पुन, सचिवमा दिलबहादुर जिसी र सहसचिवमा मनिषा विश्वकर्मा रहेका छन ।

यसैगरी माछापुच्छ्रे गाउँपालिकाको सभापतिमा केशवराज अधिकारी निर्बिरोध निर्बाचित भए । खुला तर्फको उपसभापतिमा रामहरि गुरुङ र महिला तर्फको उपसभापतिमा जमुना पुन तथा सचिवमा सुवासचन्द्र लम्साल र सहसचिव सूर्य गुरुङ निर्विरोध भएका छन ।

कास्कीको रुपा गाउँपालिकामा विमलबाबु न्यौपाने नै सभापतिमा दोहोरिएका छन । निर्बिरोध निर्बाचित उक्त समितिको खुला उपसभापतिमा लीलानाथ सुवेदी, महिला उपसभापतिमा सुशीला क्षेत्री, सचिवमा श्रीधर लामिछाने र सहसचिवमा शान्ता अधिकारी पनि निर्विरोध निर्वाचित भएका छन ।

नेपाली कांग्रेसको पोखरा महानगरसमितिको अधिबेशनबाट भने सुरेन्द्रमान बिजुक्छे सभापतिमा दोहोरिएका छन । उनले सन्तोष पौडेल र गणेशबहादुर थापालाई पराजित गरेर सभापति निर्बाचित भएका हुन खुला सभापतिमा किर्तिबल्लभ त्रिपाठी र महिला उपसभापतिमा सुजिता तामांग निर्बाचित हुँदा सचिबमा धनन्जय पौडेल भने निर्बिरोध निर्बाचित भएका थिए ।

८ आश्विन २०८३, बिहीबार १९:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा