Play

आजबाट दुबई-पोखरा -दुबईको नियमति अन्तराष्ट्रिय उडान शुरु हुँदै, पर्यटन ब्यबसायी उत्साहित

गुरुकुल खबर


पोखरा, देशको पर्यटकीय राजधानी पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई–पोखरा–दुबईको नियमित अन्तराष्ट्रिय उडान हुने भएको छ । करिब ४ बर्ष अगाडीबाट सञ्चालनमा आएको यस विमानस्थलमा यसअघि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । फ्लाई दुबईको यो नियमित उडान सुरु हुन लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको छ। ‘विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन नसकेको अबस्थामा दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ ।’निरौलाले भने ।

अध्यागमन, भन्सार र कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल पूर्ण रूपमा तयारी अवस्थामा रहेको छ । पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको जानकारी दिए । उनले भने, ‘राजस्व सङ्कलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँचपास र निकासी–पैठारीको काम हामी गर्छौँ । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाईसकिएको छ ।’

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको छ । फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने हुनाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने बलियो आशा गरिएको छ । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले यसको महत्त्व स्पष्ट पार्दै भने, ‘फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ ।’ उनका अनुसार नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पोखराबाटै उडान सञ्चालन हुँदा उनीहरूलाई धेरै सहज हुनेछ ।

पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएपछि आवश्यक शान्तिसुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले पनि विमानस्थलको निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलको सुरक्षाका लागि आवश्यक पर्ने सबै किसिमका प्रबन्ध मिलाइएको बताए।

७ आश्विन २०८३, बुधबार ०९:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा