Play

कांग्रेस निकट कानुन व्यवसायीको संस्था डिएलएमा काँग्रेस संस्थापन इतर समूहको बर्चस्व, अध्यक्षमा केसी र वरिष्ठ उपाध्यक्षमा पोखराका ढकाल निर्वाचित

गुरुकुल खबर


चितवन । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संस्था डेमोक्रेटिक लयर्स एसोसिएशन नेपेालको ११ औ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भयो। महाधिवेशनले वरिष्ठ अधिवक्ता सिताराम केसी अध्यक्ष रहेको नया केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।

नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (डीएलए)मा यस पटक कुनै प्यानल विना निर्वाचन भएको छ । काँग्रेसका अधिकांश भातृ तथा शुभेच्छुक संगठनहरुमा पार्टीकै समूह अनुसारको प्यानल बन्ने गरेपनि डीएलएमा भने प्यानल बनाउन निषेध गरिएको थियो ।

चितवनको रत्ननगरमा शुक्रबारदेखि सुरु भई शनिबार मतदान भएको डीएलएको ११औँ महाधिवेशनबाट अध्यक्षमा बरिष्ठ अधिवक्ता सिताराम केसी विजयी हुनुभएको छ । उहाँलाई निवर्तमान महासचिव लक्ष्मीदेवी दाहाल रावलले पछ्याउनु भएको थियो ।

डेमोक्रयाटिक लयर्स एशोसिएसन (डिएलए) को ११ औँ महाधिवेशनमा वरिष्ठ अधिवक्ता सीताराम केसीको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन हुँदा झण्डै ८५ प्रतिशत पदमा काँग्रेस संस्थापन इतर समूहले बाजी मारेको छ । बाहिर नखुले पनि काँग्रेस संस्थापन पक्षले समेत अध्यक्षमा केसीलाई नै भित्री समर्थन गरेको छ ।

रावलका पक्षमा वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, सुनिल पोखरेल, माधव बास्कोटा, निवर्तमान अध्यक्ष योगेन्द्र बहादुर अधिकारीलगायतको ग्रुप प्रचार प्रसारमा जुटेको थियो । तर, केसीसँग निकट प्रतिश्पर्धा समेत हुन सकेन ।

केसी ६५३ मत ल्याउँदै अध्यक्षमा निर्वाचित हुँदा निवर्तमान महासचिव लक्ष्मीदेवी दाहाल रावलले १७७ मत मात्र प्राप्त ल्याइन् । रावलले भन्दा केसीले ६ गुना मत बढी ल्याएर विजय हासिल गरेका छन् । अध्यक्षमा केसी र दाहालसँगै केदार कार्की, लक्ष्मण थपलिया र कृष्ण घिमिरे भूषणले पनि प्रतिश्पर्धा गर्नुभएको थियो ।

परिणामले केसीको तुलनामा अरुको नगन्य मत प्राप्त भएको छ । डिएलएका एक निवर्तमान केन्द्रीय सदस्यका अनुसार केसी खासमा राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् । यस्तै अध्यक्षका उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता केदार कार्कीले १३०, अधिवक्ता लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भुषणले ५३ मत प्राप्त गरे । २०८० जेठ २८ गते आइतबार बिहान मत परिणाम घोषणा भएको थियो

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल विजयी हुनुभएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा निर्वाचित पोखराको वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल पोखरा उच्च वारका पुर्व उपाध्यक्ष समेत हुन । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ढकाल ३१५ मतसहित विजयी भएका छन् । ढकालका निकटतम् प्रतिस्पर्धी चन्द्रमणि अधिकारीले २६४ मत प्राप्त गरे

महिला उपाध्यक्षमा कविता थापा कार्कीले ६१९ मत प्राप्त गर्दै विजयी भइन् । उनकी प्रतिस्पर्धी दीना श्रेष्ठले ४१२ मत प्राप्त गरिन् ।

यस्तै बागमती प्रदेश उपाध्यक्षमा जनराज श्रेष्ठ १४३ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी हेमन्तराज दाहालले १०९ मत प्राप्त गरे । यता, कोशी प्रदेश उपाध्यक्षमा कविता बस्नेत, मधेश प्रदेश उपाध्यक्षमा रामानन्द साह, गण्डकी प्रदेश उपाध्यक्षमा भूमिश्वर शर्मा गौतम, लुम्बिनी प्रदेश उपाध्यक्षमा विष्णुप्रसाद धिताल, कर्णाली प्रदेश उपाध्यक्षमा पदमबहादुर शाही र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा गंगाराम पाध्याय निर्विरोध निर्वाचित भएका छन् ।

डिएलए महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी विजयी भएका छन् । अधिकारी पनि संस्थापन इतर रहेको जनाइएको छ । अधिकारीले ३९५ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी पूर्णप्रकाश बस्नेतले २३६ मत प्राप्त गरे । यस्तै सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवतर्फ धनमाया राना, कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित भए ।

त्यसैगरी केन्द्रीय सदस्यमा अफताव आलम, गोबिन्दराम परियार, प्रबिण महर्जन, सतेन्द्र प्रजापती, अमित कुमार कर्ण, सुनिल पाण्डे, दिपेन्द्र अधिकारी, प्रदिप कार्की, दामोदर तिम्सिना चिरन, किरण पौडेल, चक्र बहादुर थापा, दुर्गा प्रसाद पोखरेल, प्रज्वल अधिकारी, बिनोद अधिकारी, हरी प्रसाद रेग्मी, हरी प्रसाद पन्त, बिष्णु कुमारी शर्मा, भरत बहादुर सिंह, सीता रेग्मी योन्जन, मन्दिरा अधिकारी, बसुन्धारा थापा, मनमाया पाठक, अमलराज शाही र बिष्णु खनाल निर्वाचित हुनुभएको छ ।

तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न देशभरी झण्डै १६ सय महाधिवेशन प्रतिनिधिहरु रहेपनि झण्डै ११ मत मात्रै खसेको निर्वाचन समितिले
जनाएको छ ।
महाधिवेशनमा देशभरका ८८ एकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट महाधिवेशन प्रतिनिधि सहभागी थिए । जसमध्ये एक हजार ६१ मत खसेको बताइएको छ ।

कहिले कोरोना, कहिले चुनाव, कहिले बर्खा, कहिले काँग्रेस महाधिवेशनका नाममा पटकपटक सारिएको डेमोक्रेटिक लयर्श एशोएिसन (डिएलए) को महाधिवेशन निवर्तमान कार्यसमितिले दुई कार्यकाल गुजारेर बल्ल सम्पन्न भएको हो ।

यसपल्टको निर्वाचन केसी र रावलविच मुख्य प्रतिश्पर्धा हुने आँकलन गरिए पनि त्यस्को ठिक विपरीत परिणाम आएको छ । प्रतिश्पर्धी कमजोर हुँदा चुनाव केवल औपचारिक मात्र बन्न पुगेको छ ।

डिएलका निवर्तमान एक केन्द्रिय सदस्यले दिएको जानकारी अनुसार निवर्तमन अध्यक्ष अधिकारी र महासचिव रावलमाथि चोलेन्द्र शमशेर राणाको इजलास वहिष्कार र नेपाल बार तथा सर्वोच्च अदालत बारको आन्दोलनको विपक्षमा रहेको भन्दै केसीलाई जिताउन इतर समूहले प्रचार छेडेका थिए ।

यस्तै अघिल्लो नेपाल बारको निर्वाचनमा डिएलएका उम्मेदवार सुनिल पोखरेलको हारको तुस पोख्न वरिष्ठ अधिवक्तालाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको बिषय समेत डिएलए निर्वाचनमा ‘भुसको आगो’ बनेको बताइएको छ ।

पोखरेललाई हराउन लागेको भन्दै पहिले कारवाहीमा परी पछि फुकुवा गरिएका वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, डिएलएकै पूर्व अध्यक्ष यदुनाथ खनाल, बारका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का, बारकै पूर्व महासचिव विजयप्रसाद मिश्र, काठमाडौं बार एशोसिएसनका पूर्व अध्यक्ष श्रीराम दवाडीलगायत ‘वरिष्ठ’ हरु सर्लक्कै केसी जिताउ अभियानमा होमिएको बताइएको छ ।

वरिष्ठलाई डिएलएको साधारण सदस्यबाट निश्कासन गरेको विवाद यसपल्टको डिएलए चुनावमा ‘उकुज’ पल्टिदा विशेष गरी निवर्तमान महासचिव रावलका लागि नमजा भएको छ । हार लगत्तै रावल पक्षधर वरिष्ठहरु काठमाडौं फर्किसकेका छन् भने केसी पक्षधर भोजमतेर र खुशीयाली बनाउँदै क्रमशः फर्किंदै गरेको जनाइएको छ ।

‘अनुशासन समितिको संयोजकमा रहेका भरत प्रसाद खरेलको सनकको नतिजा अहिले आएर बल्झियो । खरेलले त्यत्ति सनक मात्रै नदेखाएको भए पनि परिस्थिति अर्कैै हुन सक्थ्यो । परिणाम हेर्दा हाम्लाई समेत चितवनबाट काठमाडौं फर्केर मुख देखाउन पनि शरमको मर्नु भएको छ,’ रावल पक्षीय अर्का एक डिएलए सदस्यले भने, ‘उपेन्द्र दाइको रिसले पनि रावल मेडमलाई भोट नहाल्ने धेरै देखिए है । विचरा रावल मेडमलाई खानु न पिनुसँग बेकारमा बलिको बोको बनाए ।

महिलालाई एकपल्ट दिएको भए पनि हुन्थ्यो, हाम्ले भनेर नहुने ।’ डिएलएको चुनावमा काँग्रेस सभापति शेरबहादुर देउवा समूह (संस्थापन) पक्ष भने कसैको पक्षमा नखुलेको बताइएको छ । त्यसैको मारमा रावल पर्दा, केसीले सित्तैमा चुनावी परिणाम आफ्नो पोल्टामा पारेका छन् ।

२८ जेष्ठ २०८०, आईतवार १०:३१ मा प्रकाशित
Nabintech