Play

बाग्लुंगका बिभिन्न स्थानमा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुग्यो

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशको बागलुङ जिल्लाको बिभिन्न स्थानमा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको ताराखोला र तमानखोला लगायत विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको र एकजना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाग्लुंगको ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुंगले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए । पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन ।

शनिबार ताराखोलामा पनि बाढी र पहिरोका कारण एकजनाको मृत्यु भएको थियो । यसगरी आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चारजनाको मृत्यु भएको र एक बेपत्ता भएका थिए भने निसीखोला गाउँपालिकामा पाँचजनाको मृत्यु भएको थियो ।

१३ आश्विन २०८३, मंगलवार ११:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा