Play

पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

गुरुकुल खबर


पोखरा । गायिका तथा नायिका पार्वती थापा र दिपेश लामाको आवाजमा ‘जुग जाने मायाँ’ बोलको गीत सार्वजनिक भएको छ ।

कमल बहादुर गुरुङको निर्देशनमा निर्मित उक्त म्युजिक भिडियो दिपेश लामाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उक्त भिडियोमा हिरा बहादुर गुरुङ र मोनीका गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गायिका पार्वती थापाको शब्द र दिपेश लामाको संगीत रहेको उक्त गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका छन् ।

कास्कीको पर्यटकीय माछापुच्छ्रे गाउँपालिका –२ चौरागाउँमा दिपेश केसीको छायांकन गरेको भिडियोको सम्पादन नेत्र गुरुङले गरेका हुन् ।

२३ जेष्ठ २०८०, मंगलवार २१:२८ मा प्रकाशित
Nabintech