Play

तनहुँ १ मा चुनाव, आइतबार पृथ्वीराज मार्गको तनहुँ खण्डमा यातायात बन्द रहने

गुरुकुल खबर


पोखरा । पृथ्वीराज मार्गको तनहुँ खण्डमा आइतबार यातायात बन्द हुने भएको छ ।आइतबार तनहुँ १ मा उपनिर्वाचन हुने हुँदा बिहान ५ बजे देखी साँझ ६ बजे सम्म पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट मादी नदीको पुलको पश्चिम भाग सम्म राजमार्ग बन्द रहने जिल्ला प्रशासन कार्यालय तनहुँले विज्ञप्ती जानकारी गरेको छ ।डुम्रे बेसिसहर सडक खण्ड, आँबुखैरेनी गोरखा सडक खण्ड, दमौली दुईपिप्ले सडक खण्ड लगाएतका सम्पूर्ण स्थानीय सडकहरुमा अत्यआवश्यक सवारी साधन बाहेक पूर्णरुपमा बन्द रहेन प्रमुख जिल्ला अधिकारी छवि रिजालले बताए ।उनका अनुसार पृथ्वीराजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा साँझ ५ बजेपछि मात्रै यात्रा गरिसक्नुपर्नेछ ।

२०७९ मंसिरको निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र रिक्त भएको थियो ।

रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्ले लगायत अरु पार्टीहरुबाट समेत गरी ९ जना उम्मेदवार छन् ।

९ बैशाख २०८०, शनिबार १९:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा