Play

गुरुङ कथानक चलचित्र “मि थो” को प्रिमियर सो सम्पन्न

गुरुकुल खबर


पोखरा । स्टार्स स्टुडियोको व्यानरमा निर्मित तथा सोल्टी फिल्म प्रा.लि.को प्रस्तुति गुरुङ कथानक चलचित्र मि थोको प्रिमियर सो सम्पन्न भएको छ ।

चलचित्रको शुक्रबार भमरकोट पार्टी प्यालेसमा र शनिबार बाराही चलचित्र हलमा प्रिमियर शो सम्पन्न भएको हो ।
कोभिडका कारण प्रदर्शनमा ढिलाई भएको जानकारी दिदै निर्देशक राजेश गुरुङले सामाजिक विषयवस्तुमा आधारित रहेर निर्माण गरिएको चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । “मेहनत धेरै गरेका छौं, कथावस्तु पनि सामाजिक नै छ” निर्देशक राजेशले भने “दर्शकले मन पराई दिनुहुनेमा विश्वस्त छु ।”  चलचित्रमा श्रीमतिको देहवासनपछि एकल पुरुषले भोग्नु पर्ने पिडायुक्त समय र संघर्षका दिनहरुलाई उजागार गर्न खोजिएको छ ।

निर्माता आनन्दमाया गुरुङ, लेखक तथा परिकल्पनाकार शंकर गुरुङ, निर्देशक राजेश गुरुङ,  छायांकन स्व. खिमबहादुर गुरुङ रहेको चलचित्र मि थोको कथावस्तुले मन जित्न सफल भएको चलचित्र हेरीसकेपछि एक दशर्क अश्मी गुरुङले बताईन् ।

चलचित्रमा खेमराज घले, मञ्जु गुरुङ, किशोर गुरुङ, योगिता गुरुङ, शंकर गुरुङ बतासे, रोशन गुरुङ, निता गुरुङ, अमिर गुरुङलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

स्टार्स स्टुडियो प्रालिका अध्यक्ष जसु गुरुङको अध्यक्षता र गुरुङ फिल्म एशोसिएसन नेपालका अध्यक्ष गुन्जबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रिमियर शोमा निर्माताा एवम् गुरुङ चलचित्रका नायक गोरे गुरुङ, मि थो चलचित्रका लेखक शंकर गुरुङ बतासे, निर्देशक राजेश गुरुङले चलचित्रका बारेमा आ आफ्नो भनाई राखेका थिए ।

प्रिमियर शोमा जिफानका पूर्व द्धितिय उपाध्यक्ष सु.जसबहादुर गुरुङ, चलचित्र निर्माता तथा तमुधिं अष्ट्रलियाका संस्थापन अध्यक्ष प्रेम कोन्मे गुरुङ,  सु.मन्त्रीजंग गुरुङ, युवा व्यवसायी तिलक गुरुङ, लेखक तथा ईन्जिनियर रोशन गुरुङ, निर्देशक नौजंग गुरुङ, समाजसेवी एवम् कलाकार कूल गुरुङ, निर्माता मुक्षेत्र गुरुङ, निर्देशक सोम गुरुङ, कलाकार एवम् कलाकार रोशन गुरुङ, समाजसेवी अरुण गुरुङ, एथलेक्टिक्स संघका केन्द्रीय सदस्य गजबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
२०५२ सालबाट शुरु भएको गुरुङ चलचित्रको ईतिहास हेर्ने हो भने न्हाम्सो न्होरी, पाँतेदेखि हालै प्रिमियर सो सम्पन्न मि थोसम्म आईपुग्दा करिव तीन दशकको समयावधिमा करिव १५० जति चलचित्र निर्माण भईसकेका छन् ।

चलचित्र निर्माताहरुले गुरुङ जातिको भाषा, संस्कृति, संस्कार जर्गेनाकालागि मात्र नभई मुलुकको विकास र राजनीतिक परिवर्तनकालागि पनि गुरुङ जातिले पु्र्याएको योगदानका बारेमा चलचित्रहरु निर्माण गरिरहेका छन् ।

२७ चैत्र २०७९, सोमबार १५:२५ मा प्रकाशित
Nabintech