Play

प्रदेश नम्बर १ को नाम ”कोशी प्रदेश”, पक्षमा ८२ मत र विपक्षमा ४ मत, ६ जना अनुपस्थित

गुरुकुल खबर


विराटनगर । प्रदेश नम्बर १ को नाम ‘कोशी प्रदेश’ हुनुपर्ने नेकपा एमालेको प्रस्ताव दुई तिहाई मतभन्दा बढी मतले पारित भएको छ ।

प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेले संसद सचिवालयमा आज बिहान दर्ता गरेको थियो । उक्त प्रस्तावको पक्षमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले समर्थन गरेका हुन् । उक्त प्रस्तावमा मत विभाजन हुँदा सभामुख बाहेक ९२ जना सांसदमध्ये पक्षमा ८२ मत र विपक्षमा ४ मत प्राप्त गरेको छ भने  ६ जना अनुपस्थित रहेका छन् ।

दुईवटा संविधानसभा र एउटा प्रदेशसभाले पार लगाउन नसकेको प्रदेश १ को नामको टुंगो प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै लागेको छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने पहिचान र सामथ्र्यको आधारमा ‘किरात लिम्बुवान सगरमाथा’ नाम हुनुपर्ने प्रस्ताव दर्ता गरेको थियो । उक्त प्रस्ताव नै प्रदेशसभाले पारित नगरेपछि मत विभाजनको प्रक्रियामा गएन । प्रदेशसभामा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

१७ फाल्गुन २०७९, बुधबार २२:१६ मा प्रकाशित
Nabintech