तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 2, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखराका व्यापारी र बैकर्स बीच अन्तरक्रिया सम्पन्न

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस १८ मा प्रकाशित
in अर्थ, गण्डकी प्रदेश, समाचार
पोखराका व्यापारी र बैकर्स बीच अन्तरक्रिया सम्पन्न
39
SHARES
154
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। नेपाल राष्ट्र बैंक पोखरा कार्यालयको आयोजनामा गण्डकी प्रदेशको आर्थिक, मौद्रिक तथा वित्तीय स्थिति विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । लामो समयदेखि बैंकको ब्याजदर घटाउनुपर्ने तथा ‘चालु पूँजी कर्जा निर्देशिका–२०७९’ खारेजीको माग राख्दै आन्दोलित उद्योगी, व्यवसायी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम ढुंगानासहित नियामक निकायको टोली अनि बैंकर्सहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सहुलितयपूर्ण कर्जा,पुनर्कर्जा,पछिल्लो मौद्रिक र आर्थिक नीतिबारे राष्ट्र बैंकका अनुसन्धान निर्देशक माधव दंगालले प्रष्ट्याउने प्रयत्न गरे । उनले बैंक र नागरिक दुवैलाई आर्थिक अनुशासनमा राख्न नेपाल राष्ट्र बैंकका पछिल्ला नीतिहरु अगाडि सारिएको जिकिर गरे । उनले बढ्दो आयात धान्ने स्रोत देशसँग नभएको र अहिलेको विदेशी मुद्रा संचितिले १२७ अर्बभन्दा बढीको आयात धान्नै नसक्ने तथ्य पेश गर्दै आयातमा प्रतिबन्ध अर्थतन्त्र जोगाउनको लागि भएको बताए । उनले भने,,‘यसलाई मन्दी मान्ने हो भने देश सधैँ मन्दीमै रहन्छ ।’  बैंक तथा वित्तीय संस्थाहरु छाडा भएको स्वीकार्दै उनले मुद्रास्फितिभन्दा बैंकको ब्यादजर माथि राख्नुपर्ने अर्थशास्त्रको सिद्धान्तको पनि स्मरण गरे । बजारमा तरलता बढ्दै गएको बताउँदै उनले अर्थतन्त्र सही दिशामा अगाडि बढेको तर्क पेश गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बैंकले ब्याजदर बढाउँदा उत्पादकत्व घटेको र उद्योग÷व्यवसाय गर्नेहरु हतोत्साही भएको तर्क गरे । ‘बैंकले एकैचोटी ब्याज बढाएको छ । व्यापार गर्दा नाफा र घाटा दुवैको जोखिम हुन्छ, १२–१३ प्रतिशत नाफा कमाउन पापड बेल्नुपर्छ, नेपाल राष्ट्र बैंकको अहिलेको प्रावधानले त व्यापार नगर बरु बैंकमा पैसा धुपारेर ब्याज खाऊ भनेजस्तो भयो’,उनले भने,‘खोलामा भेल आउँदा तर्न सकिँदैन, एकाएक ब्याजदर बढाउनु भनेको हामीलाई डुवाउनु नै हो ।’ उनले पोखरा उद्योग वाणिज्य संघको तर्फबाट नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरलाई लामो लिखित सुझावहरु पनि पेश गरे ।
उद्योगी, व्यवसायीहरुको तर्फबाट साझा अवधारणा प्रस्तुत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विक्रम कर्माचार्यले बैंकले ब्यादजर बढाउन्ु भनेको मरेकालाई मार्नु हो भन्ने तर्क गरे । चालु पूँजी कर्जा निर्देशिकाले साना व्यवसायीलाई अन्याय गरेको,बैंकले अनावश्यक रुपले प्रिमियम बढाउँदा भएको घाटाबारे प्रष्ट पार्दै उनले भने,‘अहिले निजी क्षेत्र विरामी छ, अक्सिजन दिएर बचाउनुपर्छ । ब्याज बढाएर आतंकित बनाउनु हुँदैन ।’

बैंकर्स एसोसियन गण्डकीका संयोजक समीर केसीले पैसा हुँदा उद्योगी÷व्यवसायीलाई धितो नहेररै कर्जा दिएको स्वीकारे , उनले लेकसाइडका होटल देखाउँदै भने,‘हामीले राष्ट्र बैंकको निर्देशन मानेको भए, यहाँका यति अग्ला होटल कसरी बन्थे ?’ उनको भनाइ लेकसाइडका होटलहरु भवन मापदण्डविपरीत बनेकोतर्फ लक्षित थियो ।
त्यसको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले कडा प्रतिवाद गरे । उनले राष्ट्र बैंकको निर्देशनपछि झण्डै ५ अर्ब रकम ग्राहकलाई फिर्ता गरेको घटनाले नै बैंकहरुले गल्ती गरेको प्रमाणित भएको बताउँदै भने,‘पैसा फिर्ता गरेर अपराधबाट उन्मुक्ति पाइन्छ ? उनीहरुलाई कारवाही गर्नुुपर्दैन ?’

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम ढुंगानाले मूल्यवृद्धिसँग जुध्नु नेपाल राष्ट्र बैंकको बाध्यता भएको बताउँदै अहिलेको चुनौती त्रिपक्षीय भएको बताइन् । सजग तथा कसिलो मौद्रिक नीति नै राष्ट्र बैंकको चाहना भएको बताउँदै उनले बजारमा गएको ऋण फर्केर आओस् भनेर राष्ट्र बैंक चनाखो बनेको बताइन् ।

मुद्रास्फिति दर नेपाली अर्थतन्त्रको चिन्ताको विषय रहेको बताउँदै उनले अगाडि भनिन्,‘मुद्रास्फिति ६ प्रतिशतभन्दा माथि गए नेपालको आर्थिक वृृद्धि संकुचनमा पर्छ । यस्तोमा अनावश्यक बस्तु आयात नहोस्,विदेशी मुद्राको संचिति बढोस् भन्ने हाम्रो चाहना हो ।’ उनले अहिले बजारमा तरलता बढ्दै गएको र केही समयपछि अर्थतन्त्र ठीक ठाउँमा आउने पनि बताइन् । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकको निर्देशन अक्षरशः पालना हुनुपर्नेमा जोड दिँदै उनले सर्वसाधारण नागरिकको पैसा रिस्क लिएर ऋणमा लगाएँ भन्ने छुट कुनै बैंकर्ससँग नभएको बताइन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी,लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय,युवा उद्यमी मञ्च पोखराका अध्यक्ष पुनित वैद्य,नेपाल च्याम्बर अफ कमर्स पोखराका अध्यक्ष यामनाथ पौडेल,होटल संघका कोषाध्यक्ष नेत्र पण्डितलगायतले पनि बैंकहरुले बढाएको ब्याज तत्काल तल झार्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको अन्त्यमा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. खरेलले सहकार्य र संवादले समाधान निस्कने भन्दै यस्ता कार्यक्रम पुनः आयोजना गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.