Play

ट्राफिक प्रहरी कार्यालयको पूरानो भवन भत्काइयो

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको पूरानो भवन भत्काइएको छ ।

पोखरा–९ को वडा कार्यालयको अग्रसरतामा महानगरपालिकाको कार्यपालिकाको बैठकले सो भवन भत्काउने निर्णय गरेको थियो ।

नयाँबजार नजिकै निर्मित सुविधा सम्पन्न नयाँ भवनमा ट्राफिक प्रहरी कार्यालय सरेपछि जीर्ण अवस्थामा रहेको पूरानो भवन मंगलबार भत्काइएको हो ।

सो ठाउँमा अब आकर्षक पोखरा घर बनाउने उद्देश्य रहेको वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए । पोखरा आउने पर्यटकलाई आकर्षित गर्ने गरि पोखरा घर बनाइने उनले बताए ।
उनका अनुसार करिब २ रोपनी क्षेत्रफल रहेको यस जग्गामा पर्यटकीय क्षेत्रको सूचना पार्टी, यसअघि महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरी, पुस्तकालय र घण्टाघर पनि रहने गरि भवन बनाइनेछ ।

करिब दुई करोड रुपैयाँ लागतमा उक्त भवन दुई वर्ष भित्रैमा बन्ने मर्सानीको भनाई छ ।

१७ माघ २०७९, मंगलवार १६:१७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा