तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्भावना र समस्याबारे चर्चा

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस १० मा प्रकाशित
in विशेष, अर्थ, गण्डकी प्रदेश, समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्भावना र समस्याबारे चर्चा
28
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी दसौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्भावना र समस्याबारे चर्चा गरिएको छ । ‘संघारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ सेसनमा सरकार, अर्थ र पर्यटन क्षेत्रका विज्ञले विमानस्थलबारे बहस गरेका हुन् ।

उक्त सेसनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्वपर्यटन सचिव एवं हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजा र पर्यटन व्यवसायी वसन्तराज मिश्र सहभागी थिए । वरिष्ठ पत्रकार प्रतीक प्रधान सेसनका सहजकर्ता थिए ।

महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखराको पर्यटन र यस क्षेत्रलाई मात्र नभई देशकै आर्थिक अवस्थामा योगदान गर्ने दाबी गरे । ‘सुरु गर्दै जाँदा आउने समस्यालाई त्यही तहबाट समाधान गर्दै जानुपर्छ । पोखरालाई पर्यटनको राजधानी भन्छौँ । पोखरा विमानस्थलमा राति उडान हुँदैन,’ उनले भने, ‘त्यो भएकाले यो विमानस्थल आवश्यक थियो । यो विमानस्थलले पोखरामात्रै होइन देशको आर्थिक अवस्थामा पनि योगदान गर्छ भन्ने विश्वास छ । यो पोखरा र देशको लागि गर्व आयोजना हो ।’

कोभिड संक्रमणले गर्दा सन् २०१९ कै जस्तो पर्यटक आउन सन् २०२५ सम्मको समय लाग्ने बताए । पर्यटन क्षेत्रलाई मात्र विमानस्थल चलाएको हो भन्ने भाष्य निर्माण गरे विमानस्थल चल्न सम्भव नहुने उनको भनाइ थियो ।

पूर्व अर्थसचिव रामेश्वर खनालले पोखरा विमानस्थलका सबै पूर्वाधार नयाँ भएकाले हालसालै बनेका अन्य विमानस्थलको तुलनामा खर्च बढी भएको बताए । पूर्वाधार लामो समयलाई सोचेर बनाइने भएकाले आत्तिन नहुने उनको भनाइ थियो । सोचेअनुसार पर्यटक आए चिनियाँ ऋण ९ वर्षभित्र उठ्ने खनालको दाबी छ । ‘परिकल्पना गरिएअनुसारको पर्यटक संख्या वृद्धि हुन सक्यो भने वर्षमा एक अर्ब जति खुद नाफा गर्छ । २२÷२३ अर्बको लागत ८÷९ वर्षमा उठाउँछ,’ उनले भने ।

पोखरामा पर्यटकको संख्या बढाउन अहिले चलिरहेकोभन्दा फरक पर्यटक ल्याउनुपर्ने उनले सुझाए । ठूला कम्पनीका सेमिनार, गोष्ठी गर्नुपर्ने खनालको भनाइ थियो । ‘अहिलेसम्म पोखरामा रमाउन, ट्रेकिङ जान आउँछन् । पोखरा अहिलेसम्म नलागेको अर्को क्षेत्र मिटिङ, कन्फेरेन्सतिर हो । त्यसको लागि सरकार हामीसँग हुनुप¥यो । त्यो पर्यटन विकास गरे बढी लगानी भएको होइन,’ उनले भने ।

विमानस्थल चलाउन सरकारले एक ठाउँबाट अर्को ठाउँसम्मको पूर्वाधारको कनेक्टिभिटी बनाइदिने र निजी क्षेत्रले खोजेको सम्भावना पहिल्यै पहिचान गर्न सक्नुपर्ने बताए । प्रदेश सरकारको पर्यटन मन्त्रालयले पनि विमानस्थलको अपनत्व लिएर विभिन्न देशसँग उडानका लागि पहल गर्नुपर्ने पूर्वसचिव खनालले बताए ।

पूर्वपर्यटन सचिव वीरेन्द्रबहादुर देउजाले विमानस्थलले पोखराको समृद्धिको ढोका खुलेको दाबी गरे । ‘संसारमा पर्यटन ९० प्रतिशत पर्यटन हवाइ माध्यमबाटै हुन्छ । यसले पोखराको पर्यटनलाई धेरै सहयोग गर्छ,’ उनले भने, ‘पर्यटन क्षेत्रबाट पनि धेरै सहयोग गर्नुपर्छ । विमानस्थलले पोखराको समृद्धिको ढोका खोलेको छ ।’

कुनै पनि देशको विकास हुन प्रभावकारी पूर्वाधार चाहिने भएकाले हवाइ र सडक पूर्वाधार नभई देशको अवस्था विकास नहुने उनको भनाइ थियो । विमानस्थल बनेकाले अब सडक बनाउने, सहर विकास गर्ने काम अन्य सरकारी संयन्त्रले लिनुपर्ने देउजाले बताए । विमानस्थल बनिसकेकाले महँगो भएको भन्ने विषयमा बहस आवश्यक नरहेको उनले सुनाए । ‘पहिला मुआब्जा दिनै पहाड थियो । चिनियाँसँग इपीसी मोडलमा मिलेर बनाउने भएपछि पैसाको समस्या समाधान भयो । इपीसीमा नबनेको भए अझै लम्बिन सक्थ्यो,’ देउजाले थपे, ‘महँगो भयो भन्ने कुरा होइन । महत्वपूर्ण कुरा अब कसरी सञ्चालनमा राम्रोसँग ल्याउने भन्ने हो ।’

पर्यटन व्यवसायी बसन्तराज मिश्रले पनि विमानस्थल गर्वको विषय भएकाले खर्चबारे वादविवाद गर्न सुझाव दिए । ‘एअरपोर्ट गर्वको चिज हो । खर्चबारे वादविवाद नगरौँ । पर्यटनलाई उडान र उडानलाई पर्यटनको साथ भएन भने दुवै बाँच्न सक्दैनन् । हामीले २१६ मिलियन डलर खर्च ग¥यौँ,’ उनले थपे, ‘१३ वर्षमा २६ किस्ता तिर्नुपर्दा १८.२ मिलियन डलर तिर्नुपर्छ । विश्वमा विमानस्थलले १८.४९ प्रति यात्रु कमाइरहेको छ । मिलियन पर्यटक भयो भने हामी बाँच्न सक्छौँ ।’

विमानस्थल र पोखरा आसपास भएका गन्तव्यको प्रचार हुन सके विमानस्थल चल्न सक्ने मिश्रले देखेका छन् । त्यसका लागि विमानस्थलको उद्घाटन विदेशी पाहुना बोलाएर भव्य गर्नुपर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.