Play

नयाँ चिनियाँ राजदूत छन् सोङ पुस १२ गते काठमाडौं आउने

गुरुकुल खबर


काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत छन् सोङ पुस १२ गते काठमाडौं आउने भएका छन्। बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको थियो।

चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङले नेपालमा नयाँ राजदूत पठाएको हो। नेपाल आएर उनी केही दिन क्वारेन्टीनमा बस्नेछन्।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपालका लागि नियुक्त भएका नयाँ चिनियाँ राजदूत पुस १२ मा काठमाडौं आउने पुष्टि गरेका छन्। नयाँ राजदूत छन् सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन्।

उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन्। त्यसैले बेइजिङले एसिया मामिला हेर्ने पाँचजना डेपुटी डाइरेक्टर जनरलमध्ये छन‍्लाई नेपालको राजदूतमा नियुक्ति गरेको हो।

चिनियाँ कम्युनिस्ट पार्टीको नेसनल कंग्रेसका कारण बेइजिङले नेपालमा राजदूत पठाउन ढिला गर्दै आएको थियो। नेपालका लागि प्रस्तावित राजदूत छन् सोङ कुटिल कूटनीतिज्ञ रहेको उनलाई नजिकबाट चिन्ने चिनियाँ अधिकारीले बताएका छन्।

 

६ पुष २०७९, बुधबार २१:४१ मा प्रकाशित
Nabintech