Play

आँबुखैरेनीमा सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

गुरुकुल खबर


तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।

आइतबार बिहान करिब १० बजेदेखि अवरुद्ध उक्त सडकखण्ड हालसम्म पनि मर्मत नहुँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
राजमार्ग चौडा पार्ने क्रममा सडक भासिँदा पुलमा पनि असर पुगेको छ । साना सवारी साधनलाई वैकल्पिक बाटोबाट गन्तव्यमा पुग्न मद्दत गरिएको जिल्ला प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । माटो हालेर सडक पुर्ने काम भइरहेको र यातायात सञ्चालन गर्न करिब एक घन्टा लाग्ने अनुमान गरिएको छ ।

सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौं सवारी साधान सडकमा अलपत्र परेका छन् ।

३ पुष २०७९, आईतवार १३:२९ मा प्रकाशित
Nabintech