Play

कांग्रेस महामन्त्री थापा ७ हजार ४४८ मतान्तरले विजयी

गुरुकुल खबर


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा गगन थापा निर्वाचित भएका छन् । कांग्रेस महामन्त्रीसमेत रहेका यो क्षेत्रबाट विजयी भएर ह्यार्टिक नै गरेका छन् । दुई दिनअघि आइतबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका राजन भट्टराईलाई पराजित गर्दै गगनले काठमाडौं ४ मा जितको ह्यार्टिक गरेका हुन् । कांग्रेस महामन्त्रीसमेत रहेका थापा एमालेका राजन भट्टराईलाई ७ हजार ४४८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

२१ हजार ३०२ मत प्राप्त गरेर विजयी भएका थापाले उक्त क्षेत्रबाट २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य र २०७४ मा भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा पनि विजयी भएको थिए ।

७ हजार ४४७ मत अन्तरले थापा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गर्दै पराजित हुन पुगे । यद्यपि, यो समाचार तयार पार्दासम्म औपचारिक रुपमा नतिजा घोषणा गरिएको छैन ।

२०७४ सालमा पनि थापाले भट्टराई नै पराजित गरेका थिए । त्यसबेला माओवादीको साथ रहँदासमेत भट्टराई थापासँग पराजित हुन पुगेका थिए ।
भट्टराई एमालेमा प्रभावशाली नेता मानिन्छन् । उनी पार्टी अध्यक्ष केपी शमा ओलीका ‘किचन क्याबिनेट’ सदस्यको रुपमा पनि चिनिन्छन्।

सुरुमा समानुपातिक कोटामा नाम चढाइएका उनले ओलीकै निगाहमा प्रतिनिधिसभा सदस्यमा टिकट प्राप्त गरेका थिए ।

२०७४ सालमा थापाले तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार भट्टराईलाई ३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । थापाले २१ हजार ५५८ मत ल्याएका थिए ।तेस्रोपटक राजन भट्टराईलाई पराजित गरेर जितमा ह्यार्टिक गरेका थापा र उनका समर्थकले विजयोत्सव मनाएका छन् ।

६ मंसिर २०७९, मंगलवार ११:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा