Play

सुकुम्वासीका समस्या समाधान गर्नेछुः उम्मेदवार गुरूङ

गुरुकुल खबर


पोखरा । कास्की क्षेत्र नम्बर  १ (ख) बाट गण्डकी प्रदेश सभा सदस्यका लागि एमाले उम्मेदवार वेदबहादुर गुरूङ ‘श्याम’ले सुकुम्वासीहरूका समस्या समाधान गर्ने प्रतिवद्धता बताएका छन् ।

आइतबार पोखरा १४ मा घरदैलो गर्दै उनले प्रदेश सांसद भएपछि सुकुम्वासीका समस्या अध्ययन गरेर स्थायी रूपमै ती समस्या समाधान गर्ने बताएका हुन्  । उनले जनताको सेवाका लागि राजनीति गरेको बताउँदै जिम्मेवारीको भारी बोकेर जनतालार्ई सुखी बनाउने र अनुहारमा खुसी ल्याउने उल्लेख गरे ।

उम्मेदवार श्यामले गण्डकीमा पनि पृथ्वी सुव्बा नेतृत्वका सरकारले ३ वर्षमा जनताको पक्षमा र संघीयतालाई बलियो बनाउने आधार निर्माण गरेपनि गठबन्धन नेतृत्वले जनताको पक्षमा काम गर्न नसकेको बताए । उनले भने–‘गठबन्धन सरकारले २ वटा बजेट ल्यायो । तर, अहिलेसम्म जनताले अनुभूति गर्न सक्ने कुनै पनि काम गर्न सकेको छैन । उल्टो हिजो एमाले नेतृत्वले सुरु गरेका कामका व्याज खाएको छ,’ उनले भने, ‘सरकार भनेको जनताको पक्षमा काम गर्न बन्छ । तर, यो सरकार कार्यकर्तालाई जागिर दिने र सत्तामा कसरी टिक्ने भन्दा अरु ध्यान छैन ।’

२७ कार्तिक २०७९, आईतवार २२:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा