Play

कांग्रेसले आफ्ना उम्मेदवारलाई चुनाव लड्न पैसा बाँडेको खुलासा

गुरुकुल खबर


काठमाडौं । नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई चुनाव लड्न पैसा बाँडेको खुलेको छ । आगामी ४ मंसिरको चुनावी खर्चस्वरुप प्रतिनिधिसभा उम्मेदवारलाई ४ लाख र प्रदेशसभा उम्मेदवारलाई २ लाख रुपैयाँ रकम उपलब्ध गराएको खुलासा भएको हाे ।

टिकट वितरण गर्दा नै कांग्रेसले उम्मेदवारलाई पैसा बाँडेकाे बताइएकाे छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट प्रतिनिधिसभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जना उम्मेदवार छन् ।

प्रदेशसभाका उम्मेदवारका लागि दुई लाख र प्रतिनिधिसभाका उम्मेदवारलाई ४ लाख रुपैयाँ वितरण गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । पैसा बाँड्ने क्रम गिरिजाप्रसाद कोइरालाको पालादेखिकै भएको र अहिले निरन्तरता दिने काम मात्र गरेको उनले दाबी गरेका छन् ।

पैसाको स्रोतलबारे उनले पार्टीमा क्रियाशील सदस्यता, नवीकरण तथा लेबीबाट जम्मा रकमलाई चुनावी खर्चको रुपमा वितरण गरिएको उनले दाबी गरेका छन् ।

२० कार्तिक २०७९, आईतवार १४:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा