Play

बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने जेल चलान

गुरुकुल खबर


१८ कात्तिक, काठमाडौं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने जेल चलान भएका छन् ।

मुद्दाको अन्तिम टुंगो नलागिन्जेलसम्मका लागि उनलाई पुर्पक्षको लागि कारागार पठाउन जिल्ला अदालत काठमाडाैंले आदेश दिएको हो । एक किशोरीले आफूलाई होटलमा लगेर बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अब मुद्दाको फैसला नहुञ्जेल सन्दीप थुनामै रहने भएका छन् ।

गौशाला प्रहरी वृत्तले जिल्ला सरकारी वकिलको रायमा अदालतमा दायर मुद्दामा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलास तीन दिनसम्म भएको बहसपछि लामिछानेलाई बिहीबार जेल पठाउने आदेश दिएको हो ।

 

१८ कार्तिक २०७९, शुक्रबार १५:०७ मा प्रकाशित
Nabintech