Play

पोखरा १४ मा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न

गुरुकुल खबर


पोखरा । पाँच दलिय गठबन्धन पोखरा महानगरपालिका वडा नं १४ ले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी उम्मेदवार परिचायत्मक तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा बोल्दै पूर्व कानून मन्त्री एवम् नेपाली काँग्रेसका नेता यज्ञबहादुर थापाले यो वा त्यो बहानामा गठबन्धन दललाई निर्वाचनमा असहयोग गर्ने गल्ती कसैले गर्न नहुने बताए । मुलुकको समृद्धिकालागि अहिलेको गठबन्धनको विकल्प नरहेको बताउँदै नेता थापाले संविधान जोगाउन र मुलुकको समृद्धिकालागि पनि गठबन्धन दललाई जिताउनुपर्ने आवश्यकता समेत औल्.याए ।
पाच दलिय गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार किशोरदत्त बरालले शिक्षा, स्वास्थ्य र विकासका साथै समृद्दिका लागि आफु चुनावमा होमिएको बताए । राजनीतिमा शुद्दता, कृषिमा विकास र शिक्षा प्रणालीमा सुधार पनि आफ्नो चुनावी प्रतिवद्दता भएको उम्मेदवार बरालले विश्वास दिलाए ।

प्रदेश सभाका प्रत्यक्ष तर्फका उम्मेदवार दिपक गुरुङ माईलाले नेपाली कांग्रेसले युवाका लागि अवसरको ढोका जहिले खुला राखेको यथार्थ स्वीकार्नु पर्नेमा जोड दिदै मुलुकको विकास र समृद्धि आफ्नो चुनावी एजेण्डा भएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सांसदकालागि समानपातिक उम्मेदवार सरस्वती गुरुङ , नेकपा माओवादी केन्द्रका तर्फबाट समानुपातिकका उम्मेदवार एलिसा आले, झलकपाणि तिवारी, बखानसिंह गुरुङ, सोमति गुरुङ, बखानसिं गुरुङलगायतका उम्मदेवारले संविधानको रक्षाकालागि गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताए ।

नेपाली कांग्रेस पोखरा महानगर वडा नं १४ का वडा ईकाई सभापति दिवस कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, नेकपा एसका पोखरा १४ अध्यक्ष एल बि घोताने, नेपाली काँग्रेस कास्की क्षेत्र नं १ का क्षेत्रिय सभापति राजेन्द्रमणि लामिछाने, समाजवादी दलका कास्की जिल्ला सचिव कर्णबहादुर गुरुंग , माओवादी केन्द्रका वडा नं १४ का सभापति शिवराज कॅडेल लगायतले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए ।

 

१८ कार्तिक २०७९, शुक्रबार ०८:१८ मा प्रकाशित
Nabintech