Play

सूर्यको आराधाना गरी आज छठ मनाइँदै

गुरुकुल खबर


महोत्तरी :  छठ पर्वको मुख्य दिन आज व्रतालुहरुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। आज व्रतालुहरु पायक पर्ने नदी, तलाउ, पोखरी, जलासयमा गइ साँझ अस्ताउँदो सूर्यलाई नियमनिष्ठापूर्वक पूजा आराधना गरी अर्घ दिन्छन्।

आज बिहानैबाट घरघरमा प्रसादस्वरुप ठेकुवा, भुसुवा, लगायतका मिष्ठान परिकार बनाउन मानिस व्यस्त छन् । छठमा ठेकुवा र भुसुवा अनिवार्य मानिन्छ । आज रातभरि जाग्राम बसी छठीमाईको पूजा गर्नुपर्ने भएकोले घाटलाई व्यवस्थित गर्नका लागि युवाहरु लागिपरेका छन् । उनीहरु बिहानैदेखि घाट व्यवस्थापनका निम्ति जुटेका छन् ।

छठको लागि भनेर पोखरी वा नदि किनारलाई विशेष रुपमा सजाइएको छ । विभिन्न किसिमको भजन, गीतसंगीतले घाट गुञ्जायमान भएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठमा सूर्यदेवको आराधना गरिन्छ। यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।

महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा समेत विकसित छठ पर्व हिन्दूसँगसँगै मुस्लिमले पनि मनाउन थालेका छन्। पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ तर चढाउने सामर्थ्य नभएकाले गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास छ ।

१३ कार्तिक २०७९, आईतवार ०८:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा