पोखरा, पोखरा उधोग बाणिज्य संघको आसन्न ३६ औं महाधिबेशनबाट संघको नयाँ कार्यसमितिमा निर्बाचित हुनको लागि उमेदवारी दर्ता गराएकाहरुको नामावली सार्बजनिक भएको छ। निर्बाचन कार्यतालिका अनुसार उमेदवार उपर परेको दाबी बिरोधमा छानबिन गर्दै संघको निर्बाचन समितिले उमेदवारको नामावली सार्बजनिक गरेको हो। सार्बंजनिक गरिएको नामावली अनुसार अध्यक्षका उमेदवारहरुमा अर्जुन पोखरेल, उत्तममान बुद्दाचार्य, बलराम आचार्य र शोभा गौतम रहेको छन । यहि भदौ २० र २१ गते हुने निर्बाचनमा २ हजार ७ सय ३१ जनाले कार्यसमितिको बिभिन्न पदमा मतदान गर्न पाउने छन।
दाबी बिरोधको लागि निर्धारित समयमा अध्यक्ष बलराम आचार्य एबम सदस्य द्वय दिलिपराज श्रेष्ठ र रामेश्वर अधिकारी बिरुद्ध उजुरी परेको भएपनि निर्बाचन समितिले छानबिन गर्दा कुनै पनि उजुरीको कारण उमेदवारी खारेज गर्नुपर्ने अबस्था नदेखिएपछि सबैजनाको उमेदवारी कायम भएको छ। निर्बाचन समितिका संयोजक दामु अधिकारीले गुरुकुल खबरसंग कुरा गर्दै परेका उजुरी उपर छानबिन गर्दा कसैको पनि उमेदवारी अयोग्य हुने अबस्ठा नदेखिएकोले सबैको उमेदवारी कायम भएको हो । अब भदौ ११ गते सम्ममा उमेदवारी फिर्ताको समय रहेकोले त्यसपछि मात्रम उमेदवारको अन्तिम नामावली सार्बजनिक गरिने भएको छ।
अध्यक्षका उमेदवार आचार्यको बिरुद्द पनि दाबी बिरोध परेको थियो । उनि बिरुद्ध परेको उजुरी अनुसार २०७७ सालमा आचार्य फेन्सी स्टोर्सको नाम रहेको फर्मबाट उनि चुनाब लडेको र अहिले नव आचार्य फेन्सी स्टोर्सको नामबाट उमेदवार बनेकोले नाम फरक परेको उल्लेख थियो । तर निर्बाचन समितिले गरेको छानबिनमा आचार्यले यस अगाडी २०७९ र २०८१ को निर्बाचनमा पनि सोहि नामको फर्मको नामबाट सदस्य बनेर उमेदवार बनेको देखिएपछि आचार्य बिरुद्ध परेको उजुरी निष्प्रभावी बनेको थियो ।
निर्बाचन समितिले उपलब्ध गराएको विवरण अनुसार कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा टीकाराम सुबेदी र दिनेशचन्द्र बाँस्तोला, उधोग तर्फको उपाध्यक्षमा ललित बहादुर कुँवर र सौगात थापा, बाणिज्य तर्फको उपाध्यक्षमा भिम गौतम र मनोज कुमार श्रेष्ठको उमेदवारी कायम भएको छ। यसैगरी महासचिब पदमा तारानाथ ढुंगाना र सुदिप प्रधानांग, कोषाध्यक्षको उमेदवारमा जीबन प्रकाश श्रेष्ठ र देबेन्द्र प्रजु तथा उपमहासचिबको उमेदवारमा प्रदीप राजभण्डारी, यादव प्रसाद पोखरेल र रामचन्द्र तिमिल्सिनाको उमेदवारी कायम भएको छ ।
खुला तर्फको १० जना सदस्य पदका लागि अमृत पोखरेल, कमल बहादुर सुनार, गोबिन्दबहादुर केसी, दिलिप कुमार श्रेष्ठ, दुर्गा बराल, नबिन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनोहरी पौडेल, रामप्रसाद कंडेल, रामेश्वर अधिकारी, सुर्यराज घिमिरे र हरीप्रसाद अधिकारीको उमेदवारी कायम गरिएको छ।
सदस्यका उमेदवार दिलिप कुमार श्रेष्ठको सम्बन्धमा परेको उजुरी माथि छानबिन हुँदा उनले संस्थालाई बुझाउनुपर्ने रकम उमेदवारी दर्ता हुनु अगावै अर्थात साउन २६ गते नै चुक्ता गरिसकेको निर्बाचन समितिले जनाएको छ। सदस्यका उमेदवार श्रेष्ठ र रामेश्वर अधिकारी बिरुद्ध पनि व्यक्तिगत एबम वित्तीय संस्थाको लेनदेनको बिषयमा समेत उजुरी परेको थियो।
ति दुवैजनाको उजुरी उपर छानबिन गर्दै निर्बाचन समितिले संघको बिधान र निर्बाचन नियमावलीमा व्यक्तिगत लेनदेन र वित्तीय संस्थाको कारोबारलाई लिएर उमेदवारीमा प्रतिबन्ध लगाउने ब्यबस्था नरहेको र प्रचलित कानुन अनुसार पनि उनीहरु उमेदवार बन्न अयोग्य हुने कुराको पुष्टी कतैबाट नभएको कारण उनीहरुको उमेदवारीलाई यथावत राख्ने निर्णय निर्बाचन समितिले गरेको जनाएको छ।
यसैगरी बस्तुगत संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सदस्यमा केशव ढकाल, मुक्ति प्रसाद पनेरु, लक्ष्मीप्रसद् अधिकारी र लालप्रसाद ढकालको मात्र र औधोगिक तर्फको १ जना सदस्यमा पिताम्बर अधिकारीको मात्र उमेदवारी परेकोले उनीहरु निर्बिरोध निर्बाचित भएको छन। तर निर्बाचन समितिले निर्बिरोध निर्बाचित भएको औपचारिक घोषणा भने गरिसकेको छैन।















