Play

नेपाल नाई संघ कास्कीको अध्यक्षमा ठाकुर पुन: निर्वाचित,

गुरुकुल खबर


पोखरा । नेपाल नाई संघ जिल्ला कार्य समिति कास्कीको ८ औं अधिवेशनबाट  बिगुलाल ठाकुर  पुन अध्यक्षमा निर्वाचित भएका छन् ।आफ्ना प्रतिष्पर्धी आनन्द ठाकुरलाई २६ मतान्तरले पछि पार्दै बिगुलाल ठाकुर अध्यक्ष निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष बिगुलालले ७५ मत प्राप्त गरेका थिए भने प्रतिष्पर्धी आनन्दले ४९ मत प्राप्त गरेका थिए ।

नयाँ समितिको उपाध्यक्षमा भजु ठाकुर, धमेन्द्र ठाकुर र प्रदिप ठाकुर रहेका छन् भने सचिवमा रामेश्वर ठाकुर र सह सचिवमा उपेन्द्र ठाकुर चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा परशुराम ठाकुर र सह कोषाध्यक्षमा सन्दीप ठाकुर निर्वाचित भएका छन् । सदस्यहरुमा रमाकान्त ठाकुर, सुनिल ठाकुर, रामदुलारी देवी, टुना ठाकुर, दिनेश ठाकुर, धुरेन्द्र ठाकुर, रामजान ठाकुर, सत्येन्द्र ठाकुर र राजु ठाकुर रहेका छन् ।

नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको प्रमुख आतिथ्यता र अध्यक्ष बिगुलाल ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य जीतबहादुर गुरुङ,नेपाल ट्रेड युनियन काँग्रेस गण्डकीका अध्यक्ष मुरारी शर्मा, नेपाल नाई संघका केन्द्रीय उपाध्यक्ष लालबाबु ठाकुर, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका निवर्तमान अध्यक्ष कुलदेवी बराल, नाई संघका केन्द्रीय सदस्य भैरुलाल ठाकुरलगायतले मजदुरको अधिकार सुनिश्चितका साथै क्षमता अभिवृद्धि तर्फ सबै गम्भीर हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा कोभिड समयकालमा समस्यमा परेका नाईहरुलाई सहयोग पुर्याएको भन्दै समाजसेवी चिजकुमारी गुरुङ, वरिष्ठ पत्रकार गंगाधर पराजुली, नाई संघका रामनाथ ठाकुर र नेपाल ट्रेड युनियन काँग्रेस कास्कीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष भजु ठाकुर र सचिव दिप ठाकुरले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

२ कार्तिक २०७९, बुधबार ०८:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा