तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सन्दर्भ – १६औं विश्व रेबिज दिवश २०७९

असोज ६गते देखि असोज१२ गतेसम्म पोखरा लगायत नेपालभर मनाईदै

गुरुकुल खबर गुरुकुल खबर
२०७९ अशोज ११ मा प्रकाशित
in मेरो शिक्षा, Breaking News, सूचना/जानकारी
सन्दर्भ – १६औं विश्व रेबिज दिवश २०७९
42
SHARES
167
VIEWS
Share on FacebookShare on Twitter

एक स्वास्थ्यको अवलम्वन रेविजबाट शून्य निधन  भन्ने मुल नाराका साथ १६औं विश्व रेविज दिवश २०७९ विविध कार्यक्रमको आयोजना गरी नेपाल भर मनाईदैछ । असोज ६ गते देखि असोज १२ गतेसम्म पोखरा लगायत नेपालभर यो दिवस विविध कार्यक्रमका साथ मनाईदैछ ।
यसै दिवसको सन्दर्भमा केन्द्रित रही तयार गरिएको आलेख –

लेखक सुरेश कुमार श्रेष्ठ, पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय, गण्डकी प्रदेश, पोखराका प्राविधिक अधिकृत हुनुहुन्छ भने नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाका महासचिव हुनुहुन्छ ।

परिचय

  • रेबिज मानिस तथा जनावरहरुमा लाग्न सक्ने एक प्राणघातक जुनोटिक रोग हो । मानिस तथा कुकुरमा लाग्न सक्ने लक्षणहरु बारे इसापूर्व ३००० वर्ष पहिले नै यहुदी ग्रन्थमा लेखेको पाइन्छ ।
  • यो रोगको विषाणुले मुख्यतया केन्द्रिय स्नायु प्रणालीमा असर पारी उत्तेजना तथा पक्षघातका लक्षणहरु सिर्जना गर्ने छर्दछ ।
  • यो रोग मानिसमा पनि लाग्ने हुनाले जन स्वास्थ्यको दृष्टिकोणबाट पनि अति महत्वपूर्ण छ । खास गरेर पशु स्वास्थ्य कर्मिहरुको लागि रेविज बढी खतरापूर्ण र जोखिम छ ।
  • नेपालमा मुख्यतया रेविज बहुला कुकुरको टोकाईबाट मानिसमा सर्ने गरेको छ र केहिलाई विरालो, न्याउरीमुसा र स्यालको टोकाईबाट भएको पाईएको छ ।

रोगको कारण

यो रोग लिजा भाईरसबाट लाग्छ

सर्ने तरिका

यो रोगको सम्वाहक बहुला जनावर नै मानिन्छ । यस्ता जनावरको र्यालमा भएको विषाणु र उक्त जनावरको टोकाई वा अन्य माध्यम हुदै शरीरका विभिन्न स्नायु प्रणाली हुदै मष्तिकमा पुग्दछ ।

यो रोग २ प्रकारले सर्दछ ।

१) टोकाईबाट

२) विना टोकाईबाट

रेविज रोग लाग्न सक्ने सम्भावित कारणहरु

१) बहुला कुकुर वा बिरालोले टोकेमा ।

२) जंगली जनावर जस्तै स्याल,व्वांसो, न्याउरीमुसा फ्याउरोले अकस्मात टाकेमा ।

३) बहुलाएको जनावरको र्याल चोटपटक लागेको भाग वा आलो घाउमा पर्न गएमा ।

४) रेविज लागेको गाई भैसिलाई जवरजस्ती मुख खोलेर जांच्दा वा औषधि खुवाउदा चोटपटक लागेको भागमा र्याल लटपटिन पुगेमा ।

५) रेविज रोग लागि बिरामी वा असक्त भई लडेको चमेरो छुने चलाउने गर्दा टोक्न पुगेमा वा चोटपटक लागेको भागमा र्याल पर्न गएमा ।

६) रेविज लागेको जनावरको मासु काटकुट गर्दा लाग्ने चोटपटकमा र्याल, गिदि लसपस हुन पुगेमा ।

७) रेविज रोग लागेर मरेको मानिसको नेत्रदान गरिएमा ।

लक्षणहरु 

कुकुरमा रेविजको लक्षणहरु २ अवस्थामा देखा पर्दछ ।

१ उत्तेजित अवस्था

२ लाटो अवस्था

१ उत्तेजित अवस्था

  • सामान्य वानी व्यहोरा र सिल स्वाभावमा परिवर्तन ।
  • मालिकले बोलाएको नसुन्ने,भनेको नमान्ने, चन्चल हुने, अध्याँरो रुचाउने ।
  • मालिक र अन्य कुकुरसंग मिलेर बस्न नचाहने ।
  • आक्रमक स्वभावको विना कारण जे पायो त्यसैलाई झम्टने, मालिकलाई समेत टोक्ने ।
  • टाँगमुनी पुच्छर हालेर दौडने ।
  • बाटोमा अगाडी पर्ने कुनै पनि वस्तु, पशु वा मान्छेलाई टोक्ने र लगातार दौडिरहने, भुकी रहने ।
  • लामो दुरी तय गर्ने, घर फर्कने वा नफर्कन पनि सक्दछ ।
  • पछि गएर माँसपेशीको पक्षघात हुने ।
  • प्रसस्त र्याल काड्ने, भुक्न नसक्ने, ।
  • टाउको निहुर्याउने, जिव्रो बाहिर निकाल्ने
  • पछाडीको खुट्टा कमजोर भई हिड्न नसक्ने ।
  • रोगको लक्षण ४—७ दिनसम्म रहन्छ । लक्षण देखिएको १० दिन सम्म बाँच्दछ ।

२ लाटो अवस्था

  • कुकुर सुस्त हुन्छ ।
  • रयाल निकाली रहने
  • शान्तसंग बसेको ४।५ दिनमा कुकुर मर्दछ

गाई भैसीमा देखिने लक्षणहरु

  • जनावरको हेराई एकोहोरो हुृन्छ ।
  • अकस्मात जनावर तर्सने ।
  • आक्रमक हुने मानिस वा कुनै पशु वस्तुलाई हान्ने ।
  • अजिव स्वर गरेर कराउने ।
  • दात किटकिटाउने , घाँस पानी ननिल्ने, निल्न नसक्ने ।
  • आँखा राता राता पारी हेर्ने ।
  • साँढे , राँगो खोजे जस्तो गरी पिसाव तुरतुर गर्ने ।
  • विस्तारै पछाडिको भागको पक्षघात हुने, लगातार र्याल काडी रहने गुद्धारको पक्षघात हुने ।
  • पक्षघात भएको ३—४ दिनमा पशु मर्ने ।

रोगको पहिचान

१) लक्षणको आधारमा

२) प्रयोगशालामा मष्तिकको परिक्षण गरी रोग एकिन गर्न सकिन्छ ।

रेवीज विरुद्ध खोप लिनु पर्ने अवस्था

  •  लक्ष्णको आधारमा बहुला हो भन्ने एकिन भएको कुकुरले टोकेमा ।
  •  टोक्ने कुकुर मारिएमा ।
  •  टोक्ने कुकुरको पहिचान गर्न नसकिएमा ।
  •  टोक्ने कुकुर हराएमा वा वेपता भएमा ।
  • शंकास्पद कुकुर  रेवीज रोगको लक्ष्ण देखाई १० दिन भित्र मरेमा वा प्रयोगशालामा  शंकास्पद मारिएको कुकुरको गिदि परीक्षण गर्दा रेबिज लागेको प्रमाणित भएमा ।
  • बहुला जनावरको र्याल आलो घाउ, चोटपटक लागेको भागमा परेमा ।
  •  कुनै पनि जंगलि जनावरले अकस्मात आक्रमण गरी टोकेमा ।
  •  र्याल काढि रहेको गाईभैसीलाई  औषधि खुवाउने क्रममा मुख भित्र हात हालेमा र पछि र्याल लसपस भएमा ।
  •  केटाकेटीहरुलाई  कुकुरले टोकेको तर टोक्ने कुकुरको पहिचान वयस्क व्यक्तिबाट हुन नसकेमा ।
  • शंकास्पद परिस्थितिमा चिकित्सकको सल्लाह बमोजिम गर्ने ।

रेविज रोगको प्राथमिक उपचार

कुनै पनि बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्वभभएमा सावुनपानीले नत्र भने सफापानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा लगाउने औषधि (डिटोल, आयोडिनको झोल) लगाउनु पर्दछ । यसरी रेवीज रोगको केहि हदसम्म प्राथमिक उपचार गर्न सकिन्छ ।

उपचार  रेबिज रोग भाइरसबाट हने भएकोले यो रोगको खासै उपचार हुुदैन ।

रोकथाम 

  • बहुला जनावरले टोक्नासाथ घाउलाई तुरुन्त सावुनपानीले राम्रोसंग धुने र पोटास पानी जस्तो औषधिले घाउ सफा गर्ने ।
  • टोक्ने जनावरलाई तुरुन्त बाँध्ने , थुनी प्रत्यक्ष नियन्त्रणमा राखी १० दिन सम्म चालचलन हेर्ने
  • निगरानी राखेको जनावर वा कुकुरले लक्षण देखाएमा तुरुन्त खोप लगाउने । १० दिनसम्म कुनै चालचलनमा परिवर्तन नभए भ्याक्सिन नलगाउने ।

रेविज रोगको तितो सत्य

  • कुकुरमा रेविज रोग नलाग्ने तर रेविज विषाणु बोकेर हिड्ने वा स्वस्थ देखिएका कुकुरले अरुलाई टोकेर सार्ने (क्यारियर स्टेज) अवस्था रहदैन ।
  •  बहुला जनावरले जुनसुकै भागमा टोके पनि रेविज विषाणु टोकेको भागबाट केवल स्नायु भएर मात्र मस्तिष्कसम्म पुग्छ । रेविज विषाणु स्नायु मार्फत प्रति घण्टा ३ मिलिलिटरको दरको मस्तिष्कतर्फ बढ्छ । ।
  •  रेविज लागेको जनावरको रगतमा रेविज विषाणु रहदैन ।
  •  रेविज विषाणु छट डिग्रि सेल्सीयस तापक्रममा निष्क्रिय हुन्छ ।
  •  आजसम्म रोग लागेको जनावरको दूध पिएर मानिसलाई रेविज रोग लागेको घटना रेर्कड गरिएको वा प्रमाणित भएको छैन ।
  •  मानिसको हकमा रेविज विषाणुले गर्भवति अवस्थामा सालनाल भएर गर्भाशयमा प्रवेस गर्न सक्तैन । रेविज लागेको महिलाको पाठेघरबाट स्वस्थ शिशु निकालिएको र बाचेको  तथ्य छ ।
  • प्राकृतिक अवस्थामा रेविज रोग लागेर रोग प्रतिरोध गर्ने क्षमता विकसित हुदैन ।
  • रेविज रोग लाग्न कम्तिमा ३ दिन र वढिमा ८ वर्ष लागेको रेर्कड छ ।
  • साधारणः रेविजरोग लागेको कुकुर वा जनावर  ६ दिनभित्र मरिहाल्दछ ।  तर रेविज रोगको स्पष्ट लक्ष्ण देखिनु भन्दा ४ दिन अगाडिको र्यालमा रेविज भाईरस पाईन सक्ने भएकोले विश्व स्वास्थय संघले वढिमा ७ घण्टा दिन टोक्ने कुकुर हेर्न सिफारिस गरेको छ ।

  • नेपालमा वर्षेनि १०० जना रेविज रोग लागेर मर्ने गरेको अनुमान छ भने विभिन्न समयमा गरेको सर्वेक्षण अनुसार २५००० भन्दाबढि व्यक्तिले रेविज रोगबाट बच्न खोप लिने गरेको छ ।
  • एसियामा मात्र प्रत्येक १५ज्ञ मिनेटमा एक मानिस रेविज लागेर मर्ने गर्दछन्, रेविज रोगीहरु मध्ये कम्तीमा ४०  प्रतिशत १५ वर्ष मुनिका हुने गर्छ । साथै प्रति घण्टा ८०० मानिसले वहुला जनावरको टोकाई वा सम्पर्कका कारण रेविजविरुद्ध खोप लगाउने गर्दछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित

सर्वाधिक पढिएका

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.