Play

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गुरुकुल खबर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न कार्यालय २४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार बाँके कोहलपुर ४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत ३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको हो ।

यसैगरी, सप्तरी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको र जिल्ला कैलाली श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गिता सोडारीविरुद्ध शैक्षिक योग्यताको झुट्टा नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरिएको हो ।

जिल्ला सुर्खेत, साविकको घुमखहरे गाविसका तत्कालीन गाविस। सचिव खड्कबहादुर रोकाया र देवीलाल सुनार, प्राविधिक सहायक तथा उपभोक्ता समितिका अध्यक्षसमेत चारजना उपर सार्वजनिक सम्पत्ति हिनामिना एवं गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।

मालपोत कार्यालय, पर्साका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल विष्णुप्रसाद ढकालउपर राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको जानकारी दिएका प्रवक्ता भण्डारीले भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भीमबहादुर खत्री र नासु रुद्रसेन साहुसमेत ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको बताए ।

यसैगरी डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दहाल, सहायक वन अधिकृत र उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको उनले जानकारी दिए ।

७ आश्विन २०७९, शुक्रबार १७:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा