Play

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, (लोसपा) ले नेकपा (एमाले)लगायतका दलसँग सहकार्य गर्न समिति बनायो

गुरुकुल खबर


काठमाडौं, सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दलका शीर्ष नेताबीच आगामी निर्वाचन सम्बन्धमा छलफल भइरहेको देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनका शीर्षस्थ नेताबीच निरन्तर सहमतिको प्रयास निरन्तर जारी छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धनका शीर्ष नेता सहभागी हुनुभएको जनाइएको छ।

हालसम्म प्रतिनिधिसभा प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये ८० प्रतिशतमा सहमति जुटेको गठबन्धनले जनाएको छ।

यसैबिच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा (एमाले)लगायतका बिचार मिल्ने दलसँग चुनावी सहकार्य गर्न समिति बनाएको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको हो । समितिमा नेता शरदसिंह भण्डारी, अनिलकुमार झा, सवेन्द्र शुक्ला, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनल छन  ।

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ’’ नेकपा एमाले लगायतका अन्य बिचार मिल्ने पार्टीसँग सहकार्य गर्न समिति गठन गरिएको अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

७ आश्विन २०७९, शुक्रबार १७:३६ मा प्रकाशित
Nabintech