Play

काँग्रेसमा पुस्तान्तरण र संसदमा युवा नेतृत्व हुनु पर्नेमा जोड

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका युवा नेताहरुले संघीयताको सफल कार्यान्वयन, रुपान्तरण र पुस्तान्तरणसहितको राजनीतिक व्यवस्थापन गर्न राज्य र पार्टीको निर्णायक तहमा युवाहरूको प्रभावशाली उपस्थित गराउन जोड दिएका छन् ।

नेपाली कांग्रेसमा गण्डकी प्रदेशबाट संघ र प्रदेश सांसद बन्न आकांक्षा राखेका युवाहरूद्धारा आइतबार पोखरामा आयोजित “युथ टेवल” कार्यक्रममा सो उक्त कुरामा जोड दिएका थिए । उनीहरुले दिगो विकास, सुशासन र सदाचारका पक्षमा संसदमा सशक्त आवाज र कानुन निर्माण गर्न भूमिका खेल्नका लागि संसदमा युवा नेतृत्व आवश्यक पर्ने नेताहरुले बताएका छन् ।

उक्त कार्यक्रममा आन्तरिक प्रजातन्त्र, सुशासन र जवाफदेहिता विनाको सरकार सत्ताको उपयोगीमात्रै बन्न सक्छ, तर समृद्धि हासिल गर्न सकिन्न । त्यसैले अब हाम्रो पुस्ता गाँउलाई सहर होइन, गाँउलाई गाउँकै रुपमा समृद्ध बनाउने सपना, योजना र ताकत राख्छ’, पोखरामा आयोजित ‘युथ टेवल’ मा सहभागी युवा नेताहरुको निष्कर्ष थियो ।

कांग्रेस युवा नेता भानु पराजुलीका अनुसार भेलाले अग्रज नेताहरूलाई अभिभावकीय दायित्वमा रही नवीन चिन्तन, सोंच र विचार सहितको युवा पुस्तालाई नेतृत्व हस्तान्तरणमा सहयोग गर्न अपिलसमेत गरेको छ ।

आशन्न चुनावका लागि कांग्रेसले युवाहरूलाई उम्मेद्वार बनाउन दवाव दिन कार्यक्रम गरिएको गण्डकी प्रदेश कार्य सम्पादन समिति सदस्य अजित क्षेत्रीले जानकारी दिए ।

युथ टेवलमा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री युवराज पाण्डेले परिवर्तनका लागि संघ र प्रदेश चुनावमा युवालाई उम्मेद्वार बनाउनु पर्ने र युवालाई सहभागिता गराउन सके कांग्रेसको पक्षमा जनलहर आउने बताए ।

नेविसंघका पूर्वउपाध्यÞक्ष डिल्ली सुवेदीले गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा विस्तारका लागि सांसदबाट आवश्यक नीति र कानून बनाउन पनि युवा संसदमा पुग्नुपर्ने दावी गरे ।

नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले युवाले जिम्मेवारी सम्हाल्दा धेरै नै सुधार हुने र जनताले पनि निकै भरोषा गर्छन् भन्ने पुष्टि नेपाली कांग्रेस पार्टीबाटै भएको बताए ।

भेलामा कास्की कांग्रेसका सहसचिव नवीन सिग्देल, शंकर ढुंगाना, नेविसंघ पूर्व केन्द्रीय सदस्य पवन नेपाल, सरोज केसी, पुनम भट्ट, नेताहरू विद्या बराल, गणेश भट्टराई, यमकृष्ण पौडेल, पारस रेग्मी, मिलन सुवेदी, रमेश पौडेल, हिरा भट्टराई, मदन बस्नेत, गोविन्द नेपाली, कल्याणबाबु भण्डारी, दिपक गुरुङ लगायतले नेपाली काँग्रेसमा अहिलेको आवश्यकता भनेकै पुस्तान्तरण भएकोमा जोड दिए ।

२६ भाद्र २०७९, आईतवार २१:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा